महामारीकाबीच पनि चीनको मालसामान वितरण निरन्तर
2020-02-23 15:31:45CRI
Share with:

कोरोना भाइरसको महामारी फैलिएपछि देशभरका सबै क्षेत्रले कडा परिश्रम गरेका छन्। सामान वितरण कम्पनीहरुले महामारी विरुद्ध एक महत्वपूर्ण सदस्यको रूपमा आफ्नो दायित्व वहन गरेका छन्। चाइना पोस्ट आदि सामान वितरण कम्पनीहरुले राष्ट्रिय र विदेशी महामारीको विरूद्ध सम्बन्धित हरित च्यानल खोल्दैछन्। यसले गम्भीर संक्रमित क्षेत्रहरूमा स्वास्थ्य सुरक्षा समानहरू र दैनिक जीवन सुरक्षा आपूर्तिको प्रत्याभूति गर्न सक्ने देखाउँछ। फेब्रुअरी १८ तारिखसम्म चाइना पोस्ट, वितरण कम्पनीहरुले कुल तेईस हजार दुइ सय चार टन महामारी रोकथाम र नियन्त्रण सामग्री ढुवानी गरेका छन्।

 

कर्मचारीहरु र देशभरका जनताको कडा परिश्रमपछि महामारीको स्थितिमा परिवर्तन हुन थालेको छ। यसका साथै अन्तर्राष्ट्रिय सामान बिस्तारै पुन: प्राप्ति हुँदैछ। सोह्र तारिख बिहान सामानले भरिएको एउटा ट्रक चीनको ह नानबाट मध्य एशिया प्रस्थान गर्यो। यसबाट चीन खुलापन र पारदर्शिताको सिद्धान्तको पालना गर्दछ, महामारी रोकथाम र नियन्त्रणमा अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यलाई सुदृढ पार्दछ, र सामान्य आर्थिक र सामाजिक गतिविधिहरू पुनर्स्थापना गर्न प्रयास गर्दछ, भन्ने देखाउँछ।