राष्ट्राध्यक्ष सी चिनफिङद्वारा विद्यार्थीहरूलाई प्रोत्साहन
2020-09-18 16:25:12CRI
Share with:

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा विद्यार्थीहरूलाई प्रोत्साहन

 

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १७ तारिख हुनान विश्वविद्यालयको युएलु कलेजको अनुसन्धान गर्नुभएको छ। कलेजबाट फर्किने क्रममा शिक्षक र विद्यार्थीहरूले भेला भएर सी चिनफिङलाई नमस्कार भनेर हार्दिक ताली बजाएका छन्।

 

 

सन् ९७६ मा निर्माण भएको युएलु कलेज प्राचीन चीनका चार वटा प्रमुख कलेजमध्येको एक हो साथै विश्वको उच्च शिक्षण इतिहासमा लगातार एक हजार वर्षसम्म चलिरहेका दुर्लभ प्राचीन कलेजहरूमध्येको एक पनि हो। त्यसलाई चीनको साँस्कृतिक इतिहासमा विचारको विकास र शैक्षिक नवसिर्जनाको केन्द्रको रूपमा मानिन्छ। सी चिनफिङले हुनान प्रान्तमा निकै धेरै प्रतिभाशाली र मातृभूमिप्रति समर्पित विभूतिहरूको उदय भएको बताउनुभयो। उहाँले युवाहरूले ती भावना लिएर चीन राष्ट्रको महान पुनरूत्थान गर्नका लागि बौद्धिक योगदान गर्न आग्रह गर्नुभयो। विद्यार्थीहरूले समयको कदर गरी राम्ररी विकास गर्ने इच्छा आफूले लिएको पनि सीले व्यक्त गर्नुभयो।