युनेस्कोको महिला तथा बालिका शिक्षा पुरस्कारप्रति फङ लीयुआनको सन्देश
2020-10-13 15:27:52cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङका श्रीमती एवम् युनेस्को महिला तथा बालिका शिक्षा प्रवर्द्धन विशेष दूत फङ् लीयुआनले अक्टोबर १२ तारिख भिडियोमार्फत् युनेस्कोको पाँचौं बालिका तथा महिला शिक्षा पुरस्कार वितरण समारोहलाई बधाइ सन्देश पठाउनुभएको छ।

श्रीलंका तथा केन्याका पुरस्कार बिजेतालाई बधाइ दिँदै फङ लीयुआनले चीन तथा युनेस्कोको सहयोगमा खडा गरिएको सो पुरस्कारका बिजेताहरूले व्यवहारिक कार्वाहीमार्फत् बालिका तथा महिलालाई ज्ञान तथा सीप पाउन सहयोग दिएका छन् र लैङ्गिक समानताका साथ शिक्षा तथा सामाजिक विकासको लागि योगदान दिएका बताउनुभएको छ। साथै कोभिड-१९ महामारीको प्रभावमा विश्वमा १.५ अरब विद्यार्थीहरू बाध्य भएर पढाइ रोकिएको छ जसबाट बालिकामा अझ ठूलो असर पारेकोले उनीहरूको पढाइ पुनः शुरू गर्न कोशिस गर्न पनि उहाँले आह्वान गर्नुभएको छ।