शाङ हाइ फुतोङको भविष्यबारे विदेशीको अपेक्षा
2020-11-16 17:00:37cri
Share with:

शाङ हाइ फुतोङको भविष्यबारे विदेशीको अपेक्षा

तीस वर्षअघि फुतोङको यातायात निकै असुविधा तथा अविकसित थियो। आजकाल फुतोङले धेरै विकास गरेर शाङहाइको परिचय बनेको छ। फुतोङको भविष्यबारे शाङहाइमा बस्ने विभिन्न विदेशीले आ-आफ्नै अपेक्षा र विश्वास लिएका छन्।

शाङ हाइमा १५ वर्षसम्म बसेका पाकिस्तानी शिक्षक जाहिद इकबालले सम्झना गर्दै भन्नुभयो: म फुतोङ आउँदा यहाँ सानो गाउँ मात्रै थियो तर हेर्नुस् न अहिले यहाँ धेरै आधुनिक भवनहरू छन् अनि आगामी पाँच वर्षभित्र स्वचालित गाडी लोकप्रिय हुनसक्ने मैले विश्वास गरेको छु।

शाङ हाइ इन्टर्नेशनल स्टाडी युनिभर्सिटीमा हिब्रु भाषा सिकाउने गुइ शरेट्टले पूर्वाधारको निर्माण होस् वा वैज्ञानिक तथा प्राविधिक विकास होस् चीन विश्वको अग्रस्थानमा बसेको छ विशेष गरी महामारीको नियन्त्रण गर्न चीनले आफ्नै अनुभव र योगदान गरेको बताउनुभयो। आगामी पाँच वर्षमा नवीन सिर्जनाको रूपमा मानिएको फुतोङलगायत चीन र इजरेलबीच अरू सहयोग हुनसक्ने आशा आफूले लिएको उहाँले बताउनुभयो।