#समाचर सन्दर्भ# पैचिङमा एउटा नेपाली दुध चियाको पसल खोलेर पैसा कमाउन सकिन्छ की ?
2020-11-19 10:30:44cri
Share with:

#समाचर सन्दर्भ# पैचिङमा एउटा नेपाली दुध चियाको पसल खोलेर पैसा कमाउन सकिन्छ की ?

#समाचर सन्दर्भ# पैचिङमा एउटा नेपाली दुध चियाको पसल खोलेर पैसा कमाउन सकिन्छ की ?

#समाचर सन्दर्भ# पैचिङमा एउटा नेपाली दुध चियाको पसल खोलेर पैसा कमाउन सकिन्छ की ?

नेपालमा दुध चिया खाने चलन छ। नेपालीहरु बिहान, दिउँसो, साँझ र राती पनि दुध चिया खान पिउन मन पराउँदछन्। यस्तो दुध चिया तातो पानीमा चियापत्ता, दुध, चिनी आदि कुरा हालेर बनाउने गरिन्छ।

चिनियाँहरु पनि चिया खान एकदमै मन पराउँदछन्। चीनमा चिया खाने चलनको लामो इतिहास छ। पहिले पहिले चिनियाँहरुले चियामा चिनी नहालिकन खाने गर्दथे। तर केही वर्षयता चीनका यवायुवतीहरुले दुध चिया खाने थालेका छन्। उनीहरुलाई दुध चियामा चिनी हालेको पनि मन पर्छ। कोही चिसो दुध चिया मन पराउँदछन् त कोही तातो दुध चिया मन पराउँदछन्। हाल दुध चिया युवायुवतीहरुबीच ज्यादै लोकप्रिय भएको छ।

हाल चीनमा छ लाखभन्दा बढी दुध चियाका पसल छन्। यो सँख्याबाट हामीहरुले चिनियाँहरुले दुध चिया कति मन पराउँदछन् भन्ने थाहा पाउन सक्छौँ।

म नेपालमा धेरै चोटी गएको छु । मलाई पनि नेपाली दुध चिया ज्यादै मनपर्छ। विशेष गरी अदुवा थपेको नेपाली दुध चिया मनपर्छ। मेरो विचारमा नेपाली दुध चिया स्वस्थकर अनि मीठो पनि छ। चीनमा विशेष गरी चीनका ठूला शहरहरुमा उदाहरणका लागि पैचिङ, शाङहाई, क्यान चौ लगायतका ठूला शहरहरुमा नेपाली दुध चिया बजार खोल्नसके पैसा कमाउन सकिन्छ। नेपाली व्यवसायीहरुले चीनमा दुध चियामा लगानी गर्ने हो भने मलाई पनि खुसी लाग्ने छ। हाम्रो नेपाली सेवा नजिकै एउटा नेपाली दुध चिया पसल भए म हरेक दिन नेपाली दुध चिया खाने थिएँ।