चीन-नेपाल आर्थिक र व्यापारिक सहयोगका लागि धेरै काम गर्न सक्ने
2020-11-19 10:25:06cri
Share with:

चीन-नेपाल आर्थिक र व्यापारिक सहयोगका लागि धेरै काम गर्न सक्ने

हाल चीन र नेपाल बीचको आर्थिक र व्यापारिक सहयोगको बारेमा धेरै राम्रा खबरहरु आइरहेका छन्। उदाहरणका लागि आलिबाबाले नेपालमा लगानी गर्ने इच्छा लिएको छ, तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको अवधिमा चीनका लागि नेपालका राजदूत महेन्द्र बहादूर पाण्डेले शाङहाई शहरमा युन नान र कान सु प्रान्तका उप-गभर्नरसँग भेटघाट गरी यी दुई वटा प्रान्तसँग सहयोगको बारेमा सहमति हासिल गर्नुभएको छ। तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो भर्खरै सम्पन्न भएपछि चीनले च च्याङ प्रान्तको यी उमा आयात मालसामान मेलाको आयोजना गरेको छ। यस पटकको मेलामा नेपालका ६ वटा व्यवसायले ४ वटा स्टल राखेको छ। मेलाको अवधिमा नेपाल चीन चेम्बर अफ कमर्सले यियु शाखा कार्यालयको गठन गरेको छ।

पहिले नेपालमा जाने चिनियाँ सामानहरु प्रायः चीनको क्वाङचौबाटै जाने गर्दथ्यो। नेपाल चीन चेम्बर अफ कमर्सले यियु शाखा कार्यालयको गठन गरेपछि नेपाली मालसामान चिनियाँ बजारमा भित्र्याउन, यी उमा रहेका नेपाली व्यवसायीहरुले व्यापारिक समस्याको समाधान गर्न, यी उदेखि नेपालसम्मको पारवहन क्षेत्रमा सहजता सिर्जना गर्न, नेपालमा लगानी गर्न चाहने चिनियाँलाई प्रोत्साहित गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। चीनका लागि नेपाली राजदूतबासका इकोनोमिक्स मिनिष्टर छबीन्द्र पराजुलीले सो कार्यालयको स्थापनाले चीन-नेपाल व्यापारमा अरु बढी सुविधा ल्याउने, आपसी व्यापारलाई अरु व्यवस्थित पार्ने र नेपाली जनतालाई अरु बढी हित ल्याउने ठहर गर्नुभयो।

विगत केही वर्षदेखि चीन र नेपाल बीचको आर्थिक तथा व्यापारिक सहयोगमा गतिशीलताका साथ विकास हुँदै आएको छ। सन् २०१९ मा चीन र नेपाल बीचको व्यापार रकम १ अर्ब ५२ करोड अमेरिकी डलर पुगेको थियो, जुन सन् २०१८ को तुलनामा ३७.९ प्रतिशत बढेको हो। नेपालतर्फ निर्यात गर्ने मालसामान निरन्तर रुपमा बढ्दै आएको साथै चिनियाँ व्यवसायहरुले व्यापार मेला र अन्तर्देशीय इ-व्यापार लगायत चौतारोमार्फत नेपालसँग व्यापार गरी नेपालका उत्कृष्ठ कृषि उपज, उन र कश्मिर उत्पादन वस्तु तथा चिया लगायत अरु बढी नेपाली मालसामान आयात गरेका छन्।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सन् २०१९ मा नेपालको भ्रमण गर्दा चिनियाँ व्यवसायहरु नेपालमा लगानी गर्ने समर्थन गर्नुका साथै नेपालका विशिष्ट उत्पादन वस्तुहरु चीनलाई निर्यात गर्ने स्वागत व्यक्त गर्नुभयो। चालू वर्षदेखि विश्वलाई कोरोना महामारीबाट प्रभावित छ, यसो भएतापनि चीन र नेपाल बीचको आर्थिक तथा व्यापारिक सहयोग स्थगित भएको छैन। दुवै पक्षले दुई मुलुकका सर्वोच्च नेताको समर्थनमा आर्थिक तथा व्यापारिक सहयोगलाई स्थिरताका साथ अघि बढाउँदै छन्। कोरोना महामारीको प्रतिरोधमा सुधार हुँदै जाने अवस्थामा चीन र नेपाल बीचको आर्थिक तथा व्यापारिक सहयोगमा फड्को मार्ने विकास हुने विश्वास छ।