एशिया तथा प्रशान्त आर्थिक तथा सहयोग संगठनको उद्योग तथा वाणिज्य वार्तालाई सीको सम्बोधन
2020-11-19 17:12:22cri
Share with:

एशिया तथा प्रशान्त आर्थिक तथा सहयोग संगठनको उद्योग तथा वाणिज्य वार्तालाई सीको सम्बोधन

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर १९ तारिख पैचिङमा भिडियोमार्फत एशिया तथा प्रशान्त आर्थिक तथा सहयोग संगठनको उद्योग तथा वाणिज्य क्षेत्रका नेता स्तरीय वार्तामा सहभागी हुँदै सम्बोधन गर्नुभएको छ। सी चिनफिङले विश्व नै अविच्छिन्न भाग्य समुदाय हो भन्दै महामारी नियन्त्रणको अन्तर्राष्ट्रिय सहयोग गहन पारी विश्व आर्थिक पुनःरूत्थान बढाउनुपर्ने कुरा दोहोर्‍याउनुभयो। चीनले नयाँ विकास ढाँचाको रचना गरी वैदेशिक खुलापनमा अडिग रहेर एशिया तथा प्रशान्त क्षेत्रलगायत विश्वलाई अझ राम्रो भविष्य ल्याउने कुरामा सीले जोड दिनुभयो।

नेता सीले नयाँ विकास ढाँचाको रचना गरी आपसी हितयुक्त बनाउने शीर्षकमा सम्बोधन गर्दै कोभिड-१९ महामारीबाट मानव जाति मिलेको र विश्व नै अविच्छिन्न भाग्य समुदाय रहेको उल्लेख गर्नुभयो। उहाँले चीनको आर्थिक अवस्था स्थिर रूपमा राम्रो हुँदै आएको र दीर्घकालीन रूपमा पनि राम्रो हुने प्रवृत्ति देखा परेको बताउनुभयो। नयाँ विकास ढाँचामा चीनको बजारको संभावनालाई सम्पूर्ण रूपमा प्रेरित भएर विश्वलाई अरू योगदान गरिने पनि सीले व्यक्त गर्नुभयो।