चीनलाई बुझ्ने अन्तर्राष्ट्रिय सम्मेलनलाई सीको शुभकामना सन्देश
2020-11-20 17:01:44cri
Share with:

चीनलाई बुझ्ने अन्तर्राष्ट्रिय सम्मेलन नोभेम्बर २० तारिख चीनको क्वाङचौमा सुरू भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सम्मेलनलाई शुभकामना सन्देश पठाउनुभएको छ।

नेता सीले शुभकामना सन्देशमा वर्तमान चीनसमक्ष सय वर्षमा पनि नदेखिएको परिवर्तित अवस्था देखिएको भन्दै कोभिड-१९ महामारी फैलिएपछि एउटै मानव जाति भाग्य समुदाय रहेको र त्यसैले विभिन्न जटिल र चुनौतिको सामना गर्न मानव जातिले अभूतपूर्व सहयोग आवश्यक रहेको प्रमाणित भएको उल्लेख गर्नुभएको छ।

नेता सीले चीनको चौधौँ पञ्च वर्षीय विकास कार्यक्रम तयारी भएको र पूर्ण रुपमा गरिबी निवारण भएर सम्पन्न समाज निमार्ण लक्ष्य पनि पूरा भएर समाजवाद आधुनिकिकरण मुलुकको निर्माण गर्ने चीनको नयाँ कार्यक्रम आगामी वर्ष सुरू हुने आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ। सबैले गहिरो रूपमा सोचेर सक्रिय रूपमा छलफल गरी चीन र विश्वबीचको सहयोग, मानव जातिको भाग्य समुदायको रचनालाई बढाउन बुद्धि र शक्ति प्रदान गर्ने आशा आफूले लिएको पनि उहाँले व्यक्त गर्नुएको छ।