फु चेन प्रान्तीय लुङ थान गाउँ “खाली गाउँबाट” “लोकप्रिय गाउँ”
2020-11-20 14:30:31cri
Share with:

फु चेन प्रान्तीय लुङ थान गाउँ “खाली गाउँबाट” “लोकप्रिय गाउँ”

फु चेन प्रान्तीय फिङ नान जिल्लाबाट गाडीद्वारा एक घण्टासम्मको उकालो चढेपछि पहाडी क्षेत्रमा अवस्थित पाँच सय वर्ष पुरानो एउटा सानो गाउँ पुग्नसकिन्छ। यो गाउँको नाम लुङ थान गाउँ हो। धेरै वर्षदेखि त्यहाँ यातायातको राम्रो सुविधा थिएन। प्रति व्यक्ति खेतीयोग्य जमिनको क्षेत्रफल पनि थोरै थियो। बाँच्नका लागि त्यहाँका वासिन्दाहरू कामको खोजीमा गाउँ छाडेर गए। एक हजार चार सय जना मानिसको गाउँमा एक सय जना मात्रै बाँकी रहेको थियो। यो गाउँ खाली गाउँ र गरिब गाउँ बन्नपुगेको थियो।

सन् २०१३ मा चीनले सटीक लक्ष्यसहित गरिबी निवारण नीति प्रस्तुत गरेको थियो। गरिब क्षेत्रको फरक अवस्था, गरिब परिवारको फरक अवस्थाबमोजिम सटीक लक्ष्यसहित सहायता दिइएको थियो। सन् २०१७ को डिसेम्बरमा सरकारी अधिकारी श्या सिङ युङ फु चेन प्रान्तीय फु चौ शहरबाट लुङ थान गाउँ जानुभएको थियो। उहाँले लुङ थान गाउँमा प्रथम सचिवको पद सम्हाल्नुभएको थियो। श्या सिङ युङले हाल पनि लुङ थान पुगेको अवस्था सम्झना गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ “त्यस अवधिमा लुङ थान गाउँ प्रान्त स्तरीय गरिब गाउँ थियो। १७ वटा परिवारमा ५७ जना गरिब वासिन्दा थिए।”

फु चेन प्रान्तीय लुङ थान गाउँ “खाली गाउँबाट” “लोकप्रिय गाउँ”

लुङ थान गाउँलाई गरिबी मुक्ति गर्न र धनी बनाउन श्या सिङ युङले गाउँका अरु अधिकारीहरूसँग छलफल गर्नुभएको थियो। लुङ थान गाउँ सांस्कृतिक सम्पदा रहेको परम्परागत गाउँ हो। मिङ वंश र छिङ वंशका ती आबासहरू पुरानो भए तापनि विशेषतायुक्त छन्। श्या सिङ युङको आँखामा ती पुराना आबासहरू पर्यो। उहाँ भन्नुहुन्छ “त्यस अवधिमा हामीले सांस्कृतिक सिर्जनशीलतामार्फत गरिबी निवारण अगाडि बढाउने कदम प्रस्तुत गरेका थियौं। हामीले पुराना आबासहरूलाई सम्पदाको रुपमा राख्ने निर्णय गरेका थियौं। गरिबी मुक्तिबाहेक परम्परागत आबासहरूको संरक्षण गर्नसकिए अझै सो ठाउँलाई अझै उकास्नसकिने छ।”

गाउँ समितिले स्थानीय वासिन्दाबाट ती पुराना आबासहरू भाडामा लिएर पछि त्यसलाई सांस्कृतिक सिर्जनशीलतासम्बन्धमा “नयाँ वासिन्दा”लाई भाडामा दिएको छ। “नयाँ वासिन्दा”ले पन्ध्र वर्षसम्मको भाडा अवधिमा हरेक वर्ष प्रति वर्गमिटरको तीन चिनियाँ युआनको भाडा रकम तिर्ने र पुरानो आबासको मर्मत गर्ने हो भने लुङ थान गाउँमा लामो समयमा बस्नसक्ने र जीवन बिताउनसक्ने छन्। श्या सिङ युङ भन्नुहुन्छ “चीनको विभिन्न क्षेत्रका युवाहरू तथा ग्रामीण जीवन मन पराउने व्यक्तिहरूले लुङ थान गाउँ आएर शहरको अत्याधुनिक विचारलाई ल्याउनसक्छन्। जस्तै भनौं यहाँ किताब पसल, क्याफे, वाइन बार खोल्नसकिन्छ। हाम्रो गाउँमा पनि नयाँ जीवन प्रवाह ल्याउनसकिन्छ।”

फु चेन प्रान्तीय लुङ थान गाउँ “खाली गाउँबाट” “लोकप्रिय गाउँ”

“सांस्कृतिक सिर्जनशीलता” मा काम गर्ने नयाँ वासिन्दाहरूले लुङ थान गाउँलाई गरिबीमुक्त र धनी बनाउनुका लागि उपाय भित्र्याएका छन्। फु चौ शहरमा बसोबास गर्ने ली युङ गत वर्ष लुङ गाउँ घुम्न गएका थिए। घुमेपछि ली यु

ङले लुङ थान गाउँको पहाड, दृश्य र पुरानो आबास मन पराउन थाले र उनले आफ्नो काम छोडेर लुङ थान गाउँमै बस्ने निधो गरे। उनले एक पुरानो आबास भाडामा लिएर होमस्टे खोलेका छन्। उनी लुङ थान गाउँका नयाँ वासिन्दा बनेका छन्।