चिनियाँ कृषकको अर्गानिक खेती
2020-11-20 11:52:29CRI
Share with:

चिनियाँ कृषकको अर्गानिक खेती

पैचिङको कछाड क्षेत्रमा पर्ने तुयीछु (अद्वितीय) नर्सरी एउटा अर्गानिक साग तथा फलफुल नर्सरी हो। नर्सरीका मालिक थेनले उक्त नर्सरीमा च्याउ रोपन थालेको पनि ३० वर्षभन्दा बढी भइसकेको छ। साथै उनको ग्रीनहाउस नर्सरीमा स्ट्रबेरी रोपन पनि गरिएको छ। पराग सेचनका लागि यहाँ स्ट्रबेरी ग्रीनहाउसमा स्थानीय मौरीपालकबाट भाडामा लिइएका मौरीहरू राखिएको छ जसबाट रासायनिक मलबिना तथा उचित वातावरणको प्रत्याभूति दिइएर प्राकृतिक वातावरण सिर्जना गरिएको छ।

साग, च्याउ तथा स्ट्रबेरी रोपनबाट उनले हरेक महिना लगभग ३० देखि ४० हजार चिनियाँ युआनको आम्दानी गर्ने गरेका छन्।