विश्व व्यापार संगठनद्वारा २५औं वार्षिकोत्सव अनलाइन समारोह
2020-11-21 18:44:00cri
Share with:

विश्व व्यापार संगठनले नोभेम्बर १९ तारिख उच्च स्तरीय अनलाइन वार्ता सम्मेलनको आयोजना गरी २५औँ वार्षिकोत्सव मनाएको छ। अनेकौं अन्तर्राष्ट्रिय संगठन, सरकार र उद्योग-व्यवसायका प्रतिनिधिहरूले उक्त सम्मेलनमा नियमको प्रधानतामा रहेको अन्तर्राष्ट्रिय व्यापार प्रणाली सधैँ नै वास्तविक अर्थ रहेको तर विश्व व्यापार संगठनले व्यापारिक वातावरणको परिवर्तनबमोजिम नयाँ नियमको नवीकरण गर्नुपर्ने कुरा बताएका छन्।

चीनका उप वाणिज्य मन्त्री वाङ शौ वनले विश्व व्यापार संगठनले सर्वसाधारणको जीवन स्तरलाई उकास्ने र दशौं करोड व्यक्तिलाई गरिबीबाट मुक्त हुने क्षेत्रमा ऐतिहासिक योगदान दिएको बताउँदै कोरोना भाइरस महामारीको असरमा विभिन्न सदस्यले विश्व व्यापार संगठनको सिद्धान्तको आधारभूत रुपमा पालना गरेको बताउनुभयो। उहाँले व्यापारलाई बढाउने र व्यापारलाई अवरोध हटाउने कदम चालेको कुरा पनि उल्लेख गर्नुभयो।

विश्व व्यापार संगठन परिषदका अध्यक्ष डेभिड वाल्करले विश्व व्यापार संगठनले स्थापना भएयता विश्वको आर्थिक बृद्धिको समर्थन दिने र आर्थिक स्थिरतालाई कायम राख्ने क्षेत्रमा केन्द्रीय भूमिका निर्वाह गरेको तर हालको विश्व २५ वर्षअघिको विश्वको तुलनामा ठूलो भिन्नता रहेको बताउँदै विश्व व्यापार संगठनले नियमको नवीकरण र सामानजस्यता गर्नुपर्ने कुरामा जोड दिनुभयो।