#समाचार सन्दर्भ# चिनियाँ खोप विश्वको सार्वजनिक उत्पादन बनाउने कुराको पुष्टि
2020-11-21 21:09:30CRI
Share with:

#समाचार सन्दर्भ# चिनियाँ खोप विश्वको सार्वजनिक उत्पादन बनाउने कुराको पुष्टि

नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालको कुल जनसंख्याको दुई प्रतिशतलाई कोरोना संक्रमण हुन सक्ने बताउनु भएको छ। उहाँले आगामी ४ महिनामा नेपालमा डेढ लाख जनालाई कोरोना संक्रमण हुन सक्ने अनुमान पनि गर्नु भएको छ। विश्वमा प्रभावकारी खोप बजारमा पाएमा नेपाल सरकारले सकेसम्म किन्ने कुरा पनि उहाँले जनाउनु भएको छ।

आकस्मिक रूपमा आएको कोरोना महामारीले नेपाल लगायत सम्पूर्ण विश्वमा बहु-आयामिक प्रभाव पारेको छ। एक वर्ष नपुग्दै विश्वमा मानव आदानप्रदान लगभग बन्द भइरहेको छ भने व्यापारिक आवतजावत पनि ठूलो परिमाणमा घटेको छ। केही मुलुकमा राजनीतिक तथा सामाजिक अवस्था अस्थिर बनेको छ।

चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले नोभेम्बर २० तारिख महामारीपश्चात विश्वको पुनर्निर्माण विश्व थिङ्कट्याङ्क सम्मेलनमा ‘एकताबद्ध सहयोगलाई मजदूत गर्दै उज्ज्वल भविष्यको सिर्जना गरौं’ विषयमा भिडियो सम्बोधनमा विश्वमा सबभन्दा चाँडै महामारीको नियन्त्रण गरिएका मुलुकहरूमध्येको एक चीनले आवश्यक परेका मुलुक वा क्षेत्रलाई समर्थन र सहयोग गर्दै चिनियाँ खोप विश्वको सार्वजनिक उत्पादनको रूपमा बनाउने वचनको पुष्टि गर्नुभएको छ।

#समाचार सन्दर्भ# चिनियाँ खोप विश्वको सार्वजनिक उत्पादन बनाउने कुराको पुष्टि

चीनका परराष्ट्र मन्त्री वाङले जोड दिनुभएको छः हाल महामारी फैलिरहेको छ र केही मुलुकमा गत वर्षको पूर्वार्द्धकोभन्दा अझ ठूलो लहर देखा परेका छ। संकटको सामना गर्दा विभिन्न मुलुकले आपसी एकताबद्ध सहयोगलाई मजदूत पार्दै चाँडै नै महामारीलाई जित्ने प्रयास गर्नुपर्छ।

साथै उहाँले वचन दिनुभएको छः विश्वको मुख्य आर्थिक एकाइ चीनले महामारीको नियन्त्रण सामान्य भइरहेको पृष्ठभूमिमा विभिन्न मुलुकसँग मानवीय आदानप्रदानको ‘सुविधाजनक बाटो’ खडा गर्दै माल-सामान ढुवानीको ‘हरित बाटो’ खोलेर विश्वको आपूर्ति चेनको स्थिरताको संरक्षण गर्दै जानेछ। साथै चीनले बीआरआई निर्माणको उच्च गुणस्तरीय विकास गर्दै विश्वमा आर्थिक पुनरूत्थान चाँडै गर्नका लागि योगदान प्रदान गर्दै जानेछ।

जिम्मेवारी चीनले सम्पूर्ण विश्व तथा मानवजातिसामु यस्तो वचन दिएको छ र यसरी आफ्नो वचनलाई व्यवहारमा उतारिरहेको छ।