बीस मुलुक समूहका नेताहरूको शिखर सम्मेलनले विश्व अर्थतन्त्रको पुनरुत्थानका लागि बाटो प्रशस्त गर्ने सम्भावना
2020-11-21 18:43:27cri
Share with:

बीस मुलुक समूहका नेताहरूको १५औं शिखर सम्मेलन नोभेम्बर २१ तारिखदेखि २२ तारिखसम्म भिडियो तरीमार्फत आयोजना हुँदैछ। चालु वर्षयता कोरोना भाइरस महामारीबाट विश्व अर्थतन्त्रमा गम्भीर रुपमा असर परेको छ। यसको पृष्ठभूमिमा विभिन्न पक्षले आयोजना हुनलागेको बीस मुलुक समूहका नेताहरूको शिखर सम्मेलनले बहुपक्षीय सहयोगलाई बढाउने सूचना प्रसारण गर्नसक्ने, अन्तर्राष्ट्रिय समाजलाई चुनौतीको संयुक्त रुपमा सामना गर्न अगाडि बढाउनसक्ने र विश्व अर्थतन्त्रको पुनरुत्थान तथा बृद्धिलाई बढाउनसक्ने् अपेक्षा लिएका छन्।

बीस मुलुक समूहले नोभेम्बर १९ तारिख एक वक्तव्य प्रकाशित गर्दै कोरोना भाइरस महामारीले विश्वको स्वास्थ्य, मानवतावाद, अर्थतन्त्रमा असर पारेको छ। बीस मुलुक समूहले विश्व अर्थतन्त्रमा ११० खर्ब अमेरिकी डलर थपिदिएको र साथै महामारीको निदन र उपचार, खोपको अनुसन्धानमा २१ अर्ब अमेरिकी डलर चन्दा दिएको छ।