महामारीपछिको युगमा विश्वको व्यवस्थापन सम्बन्धी चीनको विचार
2020-11-22 16:53:18cri
Share with:

महामारीपछिको युगमा विश्वको व्यवस्थापन सम्बन्धी चीनको विचार

“हामीले संयुक्त परामर्श,निर्माण,उपभोग्यको सिद्धान्तलाई पालन गर्दै बहुपक्षीयवाद,खुला तथा समेटिएको,पारस्परिक हित तथा सहयोगलाई द्दढताका साथ कायम राख्नुपर्छ।”नोभेम्बर २१ तारिख राति चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले बीस मुलुक समूह नेतास्तरीय १५औं शिखर सम्मेलनको पहिलो चरणको बैठकलाई भिडियो मार्फत सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो। उहाँले महामारीपछिको युगमा अन्तर्राष्ट्रिय परिपार्टी र विश्वको व्यवस्थापनबारेमा निर्णय प्रस्ताव र खास सुझाव प्रस्तुत गर्दै बीस मुलुक समूहका लागि महत्वपूर्ण निर्देशन भूमिका सिर्जना गर्ने बताउनुभयो।

बाह्र वर्षअघि एक विश्वव्यापी बैकिङ्ग संकटबाट बीस मुलुक समूह संयन्त्र जन्मिएको हो। बाह्र वर्षयता यस संयन्त्रले संकटको सामनाबाट क्रमशः विश्वको व्यवस्थापनको महत्वपूर्ण मञ्चसम्म परिवर्तन भएको देखिन्छ। सन्२००८ मा अन्तर्राष्ट्रिय बैकिङ्ग संकटको नकारात्मक शक्तिभन्दा बढी वर्तमान नयाँ कोरोना भाइरस महामारीलाई उन्मुख बीस मुलुक समूहले दीर्घकालीन द्दष्टिकोणबाट सारा विश्वको व्यवस्थापनलाई पूर्णता दिलाउँदै जनताका लागि आशा सिर्जना गर्न सक्छ।

वर्तमान कठिनाईबाट कसरी मुक्त भएको छ?यसबारेमा राष्ट्राध्यक्ष सीले ग्लोबल महामारीको रोकथाम तथा नियन्त्रण पर्खालको स्थापना,विश्व अर्थतन्त्रको सञ्चालन नेटवर्कलाई सुविधा बनाउनु,डिजिटल अर्थतन्त्रको प्रवर्द्धन भूमिका निर्वाह गर्नु,अझ समेटिएको विकासलाई साकार तुल्याउने गरी चार सुझाव प्रस्तुत गर्नुभएको छ। यी सुझावहरुबाट राष्ट्राध्यक्ष सीले पहिलेका धेरै अन्तर्राष्ट्रिय बैठकमा प्रस्तुत विचारधारालाई जारी राख्दै अन्तर्राष्ट्रिय सामाजिक अभिरुची र चीनको वास्तविक अनुभवलाई मिलाइएको देखिन्छ।

धेरै उचाइबाट टाढा हेर्न सकिन्छ। राष्ट्रध्यक्ष सीको यी चार सुझावबाट मानव जातिको भावी भाग्य र संकटलाई अवसरसम्म परिवर्तन गर्ने द्दष्टिकोण प्रतिबिम्बित भएको छ जसले महामारीपछिको युगमा विश्वको व्यवस्थापनका लागि रुपरेखा सिर्जना गर्दछ।

हामी सबै देख्छौं: महामारी अवधिमा केही मुलुकले “राजनीतिक भाइरस”को प्रचारप्रसार गर्दै संयुक्त राष्ट्र संघको केन्द्रीय समन्वय भूमिकालाई अस्वीकार गरेका छन् जसले कठिन परिस्थितिलाई अझ जटिल बनाएको देखिन्छ। यसबारे राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार संयुक्त राष्ट्र संघको आधिकारिक स्थानको संरक्षण गर्दै बहुपक्षीयवाद प्रणालीको द्दढ कायम राख्नुपर्छ। यसका साथै विभिन्न मुलुकबीच डिजिटल अर्थतन्त्रको व्यवस्थापन सम्बन्धी सहमति कमजोर भएको अवस्थामा चीनले विभिन्न पक्षसँग ग्लोबल डिजिडल व्यवस्थापन नियम बनाउने इच्छा राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।

महामारीपछिको युगमा विश्वको शान्तिको निर्माणकर्ता, विश्वको विकासको योगदानकर्ता, अन्तर्राष्ट्रिय परिपार्टीको संरक्षकको हैसियतले चीनले निरन्तर रुपमा विभिन्न पक्षसँग ग्लोबल व्यवस्थापन प्रणालीको पूर्णता दिलाउन प्रयास गर्दै जानेछ।