चीनका राष्ट्राध्यक्ष सी र जर्मनी चान्सलर मर्केलबीचको फोन वार्ता
2020-11-24 21:16:13CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २४ तारिख राति जर्मनीका चान्सलर मर्केलसँग फोन वार्ता गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले केही दिनअघि दुवै जी २० शिखर सम्मेलनमा सहभागी भएको कुरा व्यक्त गर्नुभएको छ। दुबै जनाले बहुपक्षीयता कायम राख्ने, अन्तर्राष्ट्रिय सहकार्यलाई सबल पार्ने, सहयोग गरेर महामारी विरूद्ध लड्ने र विश्व अर्थतन्त्रको पुनरूत्थान गर्ने धारणा लिनुभएको छ। वर्तमान यूरोप लगायत केही क्षेत्र कोभिड-१९ महामारीको दोस्रो चरणमा परिक्षणमा रहेका छन्।  सहयोग गरेर महामारीको विरूद्ध लड्नु विभिन्न पक्षको प्रथम कार्य हो। चीनले जर्मनीसँग खोपसम्बन्धी आदानप्रदान तथा सहकार्यलाई सबल पारेर खोपको निष्पक्ष वितरण तथा विशेष गरी विकासोन्मुख मुलुकलाई फाइदा पुर्याउने इच्छा राखेको छ।

जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा चीन र यूरोपको सहकार्य अझ विश्वव्यापी र रणनीतिक रहेको राष्ट्राध्यक्ष सीले बताउनुभएको छ। दुई पक्षले आपसी सहकार्य, आदानप्रदान तथा सिकाइलाई सबल पार्दै बहुपक्षीयताको सुरक्षा गरी विश्व व्यवस्थालाई सुधार गर्नुपर्छ।

जर्मनीले चीनसँग आगामी जर्मनी तथा चीन, यूरोप तथा चीनको रणनीतिक एजन्डाबारे घनिष्ट आदानप्रदानलाई कायम राख्ने इच्छा लिएको चान्सलर मर्केलले प्रकट गर्नुभएको छ।