चिनियाँ मानववाहक पनडुब्बी १० हजार मिटर गहिरो समुद्रमा
2020-11-28 18:28:59CRI
Share with:

नोभेम्बर २८ तारिख चिनियाँ मानववाहक पनडुब्बी १०,००० मिटर पीँधमा पुगेर फर्किँदै सफल परिक्षण गरेको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले गहिरो समुद्री प्रबन्ध तथा उपकरणको अध्ययन तथा विकास एवम् वैज्ञानिक अनुसन्धानमा कार्यरत सबैलाई बधाई सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीले औंल्याउनुभएको छः ‘गहिरो समुद्री उपकरणको विकास र समुद्री परिक्षणको सफलता नै विश्वको समुद्रको गहिराइमा वैज्ञानिक अनुसन्धान तथा अन्वेषण गर्ने क्षमता चीनसँग भएको प्रतीक हो।’

थाहा भए अनुसार, सन् २०२०को अक्टोबर १० तारिखदेखि सो चिनियाँ पनडुब्बी मारियाना ट्रेंचमा गहिरो समुद्रमा पुगेकोमा १३ पटकमध्येको ८ पटक १०,००० मिटरभन्दा गहिरो समुद्री क्षेत्र पुगेका छन्। नोभेम्बर १० तारिख ८ बजेर १२ मिनेट जाँदा सो उपकरण १०,९०९ मिटर पुगेर मानववाहक पनडुब्बीको नयाँ विश्व रेकर्ड सिर्जना गरेको छ।