#अल्पसंख्यक जाति# गरिबीमुक्त भएपछि तिब्बतमा देखिएका केही परिवर्तनहरू
2020-12-01 14:49:25cr
Share with:

#अल्पसंख्यक जाति# गरिबीमुक्त भएपछि तिब्बतमा देखिएका केही परिवर्तनहरू

पहिले तिब्बत गरिबी दर सबैभन्दा बढी र गरिबी स्तर सबैभन्दा गहिरो क्षेत्रहरूमध्येको एक थियो। अथक प्रयासमा सन् २०१९सम्म पूरै स्वायत्त प्रदेशमा ६ लाख २८ हजार जना र ७४ जिल्ला गरिबीबाट मुक्त भएका छन्। त्यसैगरी पूर्ण गरिबी दर शून्यमा झारिएको छ। यसै वर्षको अघिल्ला छ महिनामा तिब्बत स्वायत्त प्रदेशको क्षेत्रीय कूल उत्पादन मात्राको वृद्धि दर र प्रति व्यक्ति प्रयोज्य आयको वृद्धि दर चीनमा पहिलो स्थानमा परेको छ। तिब्बत चौतर्फी सम्पन्न बन्ने मार्गमा तीव्र गतिले अगाडि जाँदैछ।

२६ वर्षीय नानखावाङछ्यौ नाछ्यु शहरीय लोमा बस्तीको चौथो गाउँमा गरिब हुनुहुन्छ। सन् २०१८ मा उहाँले कार्द पर्यावरणीय पशुपालन आधारमा काम गर्न थाल्नुभएको हो। उहाँले याकको खाना अर्थात् जइ तथा हरियो गहुँको रोपन गर्नुहुन्छ। पर्यावरणीय आधारमा काम गरेर आम्दानी गर्दै सोही वर्ष नै उहाँ गरिबीमुक्त हुनुभयो। नानखावाङछ्यौले यसरी भन्नुभयो- ‘कार्द आधारमा कार्य गरेपछि हरेक महिना मैले ३ हजार २ सय युआन आम्दानी गर्छु। स्थिर आय पाएर मलाई सन्तोष लाग्यो।’

सन् २०१७ मा स्थापित कार्द पर्यावरणीय पशुपालन आधार क्षेत्र नाछ्यु शहरको सबैभन्दा ठूलो पशुपालन व्यवसाय हो। त्यसको कुल लगानी १० करोड ७६ लाख युआन हुनुका साथै १ हजार याक पालन गरिएको छ। हाल उक्त व्यवसायले श नि क्षेत्रमा दर्ता गरिएका ८१२ परिवारका गरिबलाई रोजगारी दिएको छ। सरदरमा हरेक परिवारको आम्दानी ९ हजार २ सय युआन थपिएको छ। साथै उक्त व्यवसायले १६७ पशुपालन सहकारीलाई जोडेर ३ हजार २ सय ३ परिवारका सर्वसाधारणलाई रोजगार दिएको छ। आधार क्षेत्र नजिकै पशुपालकले आफ्नो याकको ताजा दूध बिक्री गर्दछन्। प्रति केजी दूधबाट १२ युआन कमाउन सकिन्छ। त्यसैगरी सर्वसाधारणले आफ्नो घरमा काम गर्नुका साथै पैसा कमाउन सक्छन्।

तिब्बतको विशेष भौगोलिक अवस्था र कडा प्राकृतिक वातावरणका कारणले केही क्षेत्रमा स्थानीय वासिन्दाको जीवन ज्यादै गरिबीग्रस्त र गाह्रो छ। यो समस्याको समाधान गर्ने एउटा मात्रै उपाय अरू क्षेत्रमा स्थानान्तरण हुनु हो। सन् २०१४ अघि मोथो जिल्लाको काङयु गाउँमा बस्ने ३३ परिवारका गाउँलेहरू बाहिर जाने एउटा मात्रै यातायात माध्यम २०० मिटरको तुइन थियो। बालबालिकाले पढ्न र बुढाबुढीले चिकित्सा सेवा पाउन एकदमै गाह्रो थियो। सन् २०१९  मा राष्ट्रले १० करोड ४० लाख युआन लगानी गरेर काङयु, तोखा तथा लुङले लगायत प्राकृतिक प्रकोपको निहित खतरा भएका तीन गाउँहरूलाई ९४ किमी टाढाको तोलुङकाङ गाउँमा सारेको छ। सबै गाउँलेहरूले आनन्दमय घर-आवासमा बस्न पाउनुका साथै खेतीयोग्य जमीन पनि पाएका छन्। साथै हरेक गाउँलेले सिमान्त क्षेत्रमा बसेका कारण ७ हजार युआन राष्ट्रिय आर्थिक सहायता पनि पाएका छन्। हाल तोलुङकाङ गाउँ चिया अर्थतन्त्रको विकास गर्दा गरिबीमुक्त भएको छ। मोथो जिल्लामा आवतजावत चक्रपथ पनि निर्माणाधीन छ।

तिब्बतमा ‘हाइडेटिड’ रोग सबैभन्दा गम्भीर र व्यापक चल्ने क्षेत्र पनि थियो। सन् २०१५ देखि चीन सरकारले चिकित्सक मण्डल पठाएर तिब्बतलाई सहयोग दिएको छ। हाल १३ तिब्बती अस्पतालसँग हाइडेटिड रोगको उपचार गर्ने क्षमता छ।