चौंरी पालनमार्फत सम्पन्न जीवनको सिर्जना
2020-12-02 19:18:45cri
Share with:

चौंरी पालनमार्फत सम्पन्न जीवनको सिर्जना

साइश्थाङ गाउँ छिङ्गहाई प्रान्तको हाइनान तिब्बती जातीय स्वायत्त प्रदेशको सिङ हाइ जिल्ला मातहतमा रहेको छ। त्यहाँको औसत उचाइ ४ हजार मिटर छ। समस्त गाउँमा ५ सय ६९ परिवारका जम्मा २ हजार १ सय ८६ जना बासिन्दा बसोबास गर्दछन्। तीमध्ये ८० परिवारका ३ सय ११ जनाको नाम विपन्न सूचिमा दर्ता गरिएको छ। प्राकृतिक वातावरणको सीमितता भएकाले त्यहाँको भूमि खेतिपानी छैन। त्यसैगरी चौंरी चरण र तिब्बती भेडापालन गर्नु नै स्थानीय गोठालाका लागि मुख्य आम्दानी बनेको देखिन्छ।

सन् २०१७ मा रन छिङ थाइ नामका गोठालाको परिवारलाई विपन्न सुचीमा राखिएको थियो। सन् २०१८ मा उनले आफ्नो परिवारजनलाई डोर्‍याएर अन्यत्र सार्ने गरिबी निवारण नीति बमोजिम दुर्गम पहाडी क्षेत्रबाट गाउँमा अवस्थित सार्वजनिक अन्यत्र स्थलमा सार्ने काम गरे। त्यहाँ पुगेपछि उनले चौंरी पाल्ने नयाँ उपाय सिक्न थाले।

चौंरी पालनमार्फत सम्पन्न जीवनको सिर्जना

नयाँ प्रविधि सिकेपछि उनले आफ्नो परिवारको अधिनमा रहेको घाँसे मैदानलाई सहकार्य एजेन्सीमा दर्ता गराए। उनकी श्रीमती र छोरा पनि अघिपछि गरी पेशागत पशुपालन अखडामा संलग्न भएका छन्। क्रमश: उनीहरूको जीवन स्तरलाई ठूलो मात्रामा उकासिंदै आएको छ।

हाल साइश्थाङ गाउँले निश्चित व्यवस्थापन उपाय अपनाउँदै “हरित विकासर जोड विशेषतायुक्त सहायता” मा चौंरी पाल्ने वैज्ञानिक विकासलाई स्थिर रुपमा अघि बढाउँदै आएको छ।