चीनद्बारा चीन-संयुक्त राष्ट्र संघको शान्ति र विकास कोषतर्फ १० करोड अमेरिकी डलर प्रदान
2020-12-03 19:38:08cri
Share with:

यस वर्ष संयुक्त राष्ट्र संघ स्थापनाको ७५ ‌औँ वार्षिकोत्सव हुनुका साथै चीन-संयुक्त राष्ट्र संघको शान्ति र विकास कोष स्थापनाको पाँचौँ वार्षिकोत्सव पनि हो। बिगत ५ वर्षमा चीन सरकारले अघिपछि गरी त्यस कोषमार्फत १० करोड अमेरिकी डलर सहयोग प्रदान गरिसकेको छ। चीन र संयुक्त राष्ट्र संघको घनिष्ट सहयोगमा उक्त कोषले शान्ति, सुरक्षा र विकास क्षेत्रमा रहेका ९५ वटा योजनाको छनौट गरी समर्थन गरेको छ। त्यसबाट एशिया, अफ्रिका, ल्याटिन अमेरिका र ओशिनियाका १ सयभन्दा बढी मुलुक र क्षेत्र लाभान्वित भएका छन्। त्यस कोषले वास्तविक कदम र स्पष्ट उपलब्धिमार्फत बहुपक्षीयतावादको संरक्षण गर्नुका साथै संयुक्त राष्ट्र संघको केन्द्रित स्थान र निर्देशनात्मक भूमिकाको पनि संरक्षण गरेको छ।

उक्त कोषले जोडतोडसँग अफ्रिकी शान्ति, सुरक्षा र विकास कार्यलाई पनि अघि बढाएको छ। किनकि अफ्रिकी शान्ति, सुरक्षा र विकास कार्य नै सो कोषका लागि सहायता दिने मुख्य बिन्दु रहेको छ

चीन-संयुक्त राष्ट्र संघको शान्ति र विकास कोष चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सन् २०१५ मा संयुक्त राष्ट्र संघ स्थापनाको ७० औँ वार्षिकोत्सव सम्बन्धी शृङ्खलाबद्ध शिखर सम्मेलनको अवधिमा घोषणा गर्नुभएको हो। जुन चीनले पहिलो पल्ट कोषको तरिकामार्फत संयुक्त राष्ट्र संघको कार्यलाई समर्थन गरेको छ। त्यसबाट चीन र संयुक्त राष्ट्र संघ बीच वास्तविक सहकार्य हुने नयाँ चौतारोको पनि स्थापना गरिएको छ।