मोरिसनलाई टेवा दिने पश्चिमी राजनीतिज्ञहरूले आँखामा पट्टी बाँधेका छन्
2020-12-03 19:42:37cri
Share with:

मोरिसनलाई टेवा दिने पश्चिमी राजनीतिज्ञहरूले आँखामा पट्टी बाँधेका छन्

बितेका केही दिनयता अस्ट्रेलियाली सेनाले अफगानिस्तानमा निर्दोष बासिन्दालाई जथाभावी रुपमा मारेको अपराधप्रति विभिन्न पक्षहरूले कडा शब्दमा निन्दा गरेका छन्। अस्ट्रेलियाली प्रधानमन्त्री स्कोट मोरिसनले दोषजति अर्काको टाउकामा लगाउँदै चीनलाई क्षमायाचना गर्न भन्नु अवश्य नै दुखित र हास्यास्पद गफमा परिणत भएको छ।

यस्तो अवस्थामा अस्ट्रेलियाका केही संगाती मुलुकका राजनीतिज्ञ र सञ्चार माध्यमहरूले तुरुन्तै आगोमा घिउ थपेर तथ्य कुराको बावजुद अस्ट्रेलियासँगै मिलेर चीनमाथि सम्बद्ध कारवाई चलाउन खोजेका छन्।

मोरिसनलाई टेवा दिने पश्चिमी राजनीतिज्ञहरूले आँखामा पट्टी बाँधेका छन्

सर्वप्रथम उनीहरूले अन्तर्राष्ट्रिय समाजको ध्यान मोड्न र अपराधपूर्ण कारवाई लुकाउन अस्ट्रेलियालाई सहायता गर्न खोजेका छन्।

दोस्रो, अस्ट्रेलियाको संगाती मुलुकको हैसियतले अमेरिका र बेलायतका सेना शुद्ध र निर्दोष छैन।

अर्को कारण के छ भने केही पश्चिमी राजनीतिज्ञहरूले के ठहर गरेका छन् भने उनीहरू साझा समृद्ध हुने र सँगसँगै ध्वस्त हुने मूल्य धारणाको एकरुपता भएकाले न्यानको निर्णय गर्ने र जाँच्ने उनीहरूसँग अधिकार हुनैपर्छ।

वास्तवमा संसारलाई डामाडोल मच्चाउन खोज्ने पश्चिमी राजनीतिज्ञहरूले मोरिसनलाई जति टेवा दिएका छन् भने अस्ट्रेलियाली सेनाको अपराधपूर्ण कारवाईलाई विश्वसमक्ष स्पष्टसँग देखाएको छ। साथै उनीहरूले आफ्नो खराब कारवाई र घमण्ड तथा नक्कली दोहोरो चरित्रलाई पनि उदाङ्गो बनाएका छन्।