#समाचार सन्दर्भ# एक जना र एक देश बीचको प्रतिस्पर्धा
2020-12-03 16:31:25CRI
Share with:

हालसालै अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन ज्यादै रिसाउनु भएको थियो। उहाँले भिडियोमार्फत् चीनसँग अस्ट्रेलियाका सैनिकले बालकको घाँटी रेटेको तस्विर नक्कली भएको तथा सो जारी गरेकोमा माफी माग्न आग्रह गर्नुभएको थियो। जसबाट तथाकथित "नक्कली तस्विर" का चित्रकार वुहछिलिन यस आँधीबेहरीमा परेका छन्।

#समाचार सन्दर्भ# एक  जना र एक देश बीचको प्रतिस्पर्धा

नेपाली सञ्चार माध्यममा पनि यस्ता शब्दहरूको प्रयोग गरिएको छ: “एडिट गरेर बनाइएको तस्बिर”“झुटो तस्विर”“यद्यपि, अनुसन्धानमा यी आरोप प्रमाणित गर्नका लागि कुनै प्रमाण भेटिएको छैन”।

#समाचार सन्दर्भ# एक  जना र एक देश बीचको प्रतिस्पर्धा

यद्यपि यो कम्प्युटर ग्राफिक्स कार्टून केही समयअघि अस्ट्रेलियाबाट प्रकाशित प्रतिवेदनमा आधारित छ। अस्ट्रेलियाका न्यायाधीश ब्रिलीटनले ४ वर्षभन्दा बढी अनुसन्धान गरी जारी गरेको यस प्रतिवेदनका अनुसार, अस्ट्रेलियाली सेना (एसएएस) ले अफगानिस्तानमा अभ्यासका क्रममा ३९ जना अफगान नागरिकको हत्या गरेको थियो। त्यसबाट जोगिनका लागि सैनिकहरूले टेलिफोन, हतियार र अन्य वस्तुहरू लाशमाथि राखेर मारिएका गरिब अफगानीलाई आतंकवादी तत्वको रूपमा व्याख्या गरेका थिए। उक्त प्रतिवेदनमा उल्लेखीय विवरण एकदमै अचम्मलाग्दो छ: १४ वर्ष उमेरका दुईजना केटाको घाँटी रेटेर तिनीहरूका लाश झोलामा राखेर नजिकैको खोलामा फ्याँकियो। न्यायाधीश ब्रिलीटनले अष्ट्रेलियाली सेनाको गतिविधि अष्ट्रेलिया रक्षा बलको "लाज र गहन विश्वासघात" भएको पनि बताउनु भएको थियो।

#समाचार सन्दर्भ# एक  जना र एक देश बीचको प्रतिस्पर्धा

"शान्ति सेना" शीर्षकको यो तस्विरले अफगानिस्तानमा अष्ट्रेलियाली फौजको क्रूर व्यवहारलाई पुनःदेखाएको छ। निम्न व्याख्या यसरी "डराउनु पर्दैन, हामी तिमीलाई शान्ति दिन्छौं" रहेको छ।

 

त्यसपश्चात् चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लिच्यानले तथ्यमा आधारित यो तस्विर पोस्ट गर्दै "अष्ट्रेलियाली सैनिकहरूले अफगानी नागरिक र कैदीको हत्या गरेकोमा हामीलाई छक्क लाग्यो, हामी यस व्यवहारको कडा निन्दा गर्नुका साथै यसको जिम्मेवारी वहन गर्न आह्वान गर्दछौं" भन्नुभयो।

यद्यपि यो तथ्यमा आधारित तस्विरले अष्ट्रेलियाली राजनीतिज्ञलाई रिस उठाएको छ। अझ असह्य के छ भने यो प्रतिवेदन जारी भएको केही दिन पछि उक्त घटना पश्चिमी सञ्चार माध्यमबाट गायब भएको थियो। प्रधानमन्त्री मोरिसनले चीनलाई माफी माग्न आग्रह गर्नुभएको भिडियोमा अफगानी जनताको बारेमा केही पनि बोल्नु भएको छैन र माफी पनि माग्नुभएको छैन। मोरिसनलाई वास्तवमा के कारणले रिस उठेको हो? आफूले ढाक्नखोजेको अपराधलाई केही मानिसले फेरि खोलेकोले हो। चिनियाँ सर्वसाधारणले यसरी कमेन्ट गरेका छन्:

"हे भगवान, तिनीहरूले हामीलाई गाली गर्छन्!"

"ओह? तिनीहरूले हामीलाई कसरी गाली गरे?"

"उनीहरूले हामीले गरेको गतिविधि फेरि उल्लेख गरेका छन्।"

यो कति हास्यास्पद र निर्लज्ज, है न त?

 

उक्त चित्रका चित्रकार वुहछिलिनले अन्तर्वार्ताको क्रममा अस्ट्रेलियाका प्रधानमन्त्रीको क्रोधबाट आफूलाई "धेरै अचम्म लागेको" बताए। “मोरिसनले वास्तविकताको सामना गरेर स्वदेशी समस्याको व्यवहारिक रूपमा समाधान र विदेशमा तैनाथ फौजको सुधार गरी भविष्यमा यस्तो अन्तर्राष्ट्रिय दुर्घटना फेरि हुन नदिने मेरो आशा छ। साथै अन्य देशका लेखक, चित्रकारको तथ्य-आधारित रचनामाथि प्रधानमन्त्री मोरिसनले ध्यान दिनुपर्दैन।" साथै उनले आज राती फुर्सद भएमा म अर्को चित्र बनाउने छु भन्ने पनि व्यक्त गरेका थिए। अन्तर्वार्तापछि नै उनले "टू मोरिसन" शीर्षकको अर्को कार्टून बनाएका थिए।

#समाचार सन्दर्भ# एक  जना र एक देश बीचको प्रतिस्पर्धा

एकातिर, सामान्य कार्टून रचनाकारले कलमद्वारा साहसका साथ आफ्नो धारणा व्यक्त गर्छन्। अर्कातिर, एक देशको सर्वोच्च नेताले सामूहिक राजनीतिज्ञको नेतृत्व गरेर दवाव दिन्छन्। यो एक मानिस र एक देश बीचको प्रतिस्पर्धा हो कि? तर उक्त एक मानिसपछाडि निष्पक्षता र न्यायका लागि आह्वान, निर्दोष मानिसको हत्याको विरूद्धमा आवाज र क्रोधसाथै कपटी स्वभावको आलोचना हो। एक झूट हजारौं पटक बोले तापनि झूट नै हुन्छ, हजारौं पटक सजावट गरे तापनि दोष दोष नै हो।

 

पछिल्लो समाचार के हो भने, प्रधानमन्त्री मोरिसनले भिडियो बैठकमा  "यो घटना अझै विस्तार गर्नु आवश्यक छैन।" भन्नुभएको छ।