#समाचार सन्दर्भ# चीनको इलेक्ट्रोनिक वाणिज्यमार्फत गरिबी निवारणको अनुभव सिक्ने हो भने नेपालले गरिबी निवारणसँगसँगै आफ्नो उत्पादन वस्तुलाई विश्वभर पुर्याउनसक्ने
2020-12-03 12:26:20CRI
Share with:

#समाचार सन्दर्भ# चीनको इलेक्ट्रोनिक वाणिज्यमार्फत गरिबी निवारणको अनुभव सिक्ने हो भने नेपालले गरिबी निवारणसँगसँगै आफ्नो उत्पादन वस्तुलाई विश्वभर पुर्याउनसक्ने

हालैका वर्षहरूमा इन्टर्नेट प्लसको तीव्र विकास भएको छ साथै इलेक्ट्रोनिक वाणिज्यले ग्रामीण क्षेत्रलाई गरिबीमुक्त गर्न र ग्रामीण पुनरुत्थानका लागि नयाँ बाटो उपलब्ध गराएको छ। ग्रामीण क्षेत्रको विभिन्न विशेषतायुक्त कृषि उपज इलेक्ट्रोनिक वाणिज्यको द्रुत गतिको गाडीमार्फत् अझै फराकिलो बजारतर्फ गएको छ। इलेक्ट्रोनिक वाणिज्यले किसानलाई आम्दानी बढाउन तथा गरिबीबाट मुक्त हुन सहयोग गरेको छ।

#समाचार सन्दर्भ# चीनको इलेक्ट्रोनिक वाणिज्यमार्फत गरिबी निवारणको अनुभव सिक्ने हो भने नेपालले गरिबी निवारणसँगसँगै आफ्नो उत्पादन वस्तुलाई विश्वभर पुर्याउनसक्ने

चीनको राज्य परिषदको प्रेस कार्यालयले हालै आयोजना गरेको पत्रकार सम्मेलनअनुसार, इलेक्ट्रोनिक वाणिज्यले ८३२ वटा गरिब जिल्लालाई ढाकेको छ। ग्रामीण क्षेत्रमा इन्टर्नेट खुद्रा-बिक्री रकम सन् २०१४ को एक खर्ब असी अर्ब चिनियाँ युआनबाट बढेर सन् २०१९ मा १७ खर्ब चिनियाँ युआन पुगेको छ। यो डेटाबाट हेर्दा इलेक्ट्रोनिक वाणिज्यले ग्रामीण क्षेत्रको गरिबी निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

#समाचार सन्दर्भ# चीनको इलेक्ट्रोनिक वाणिज्यमार्फत गरिबी निवारणको अनुभव सिक्ने हो भने नेपालले गरिबी निवारणसँगसँगै आफ्नो उत्पादन वस्तुलाई विश्वभर पुर्याउनसक्ने

चिनियाँलाई एक वाक्य थाहा छ, धनी हुने हो भने सर्वप्रथम राजमार्गको निर्माण गर्नुपर्छ। पहिले चीनका धेरै गरिब क्षेत्रहरूको यातायात पिछडिएको थियो। जसबाट स्थानीय कृषि उपज बाहिर विक्री गर्नसकिन्दैन्थ्यो। हालैका वर्षहरूमा केही गरिब क्षेत्रहरूले “राजमार्गको राम्रोसँग निर्माण गर्ने, राम्रोसँग व्यवस्थापन गर्ने, राम्रोसँग संरक्षण गर्ने, राम्रोसँग संचालन गर्ने” कुरालाई कार्यान्वयन गरेको छ। साथै इलेक्ट्रोनिक वाणिज्यको विकासका लागि जग बसालेर उद्योग-व्यवसायलाई भित्र्याएका छन् र स्थानीय कृषि उपजको विक्री बाटोको विस्तार गरेका छन्। यसका साथै गरिब क्षेत्रहरूले आफ्नो स्रोत-साधनमा निर्भर रहेर स्थानीय विशेषतायुक्त उत्पादन-वस्तुको विकास गरेका छन्। जस्तै भनौं हुपै प्रान्तीय च क्वैको सुन्तला, कान्सुको ली जिल्लाको स्याउ, फुचेन प्रान्तीय नीङ तको चिया। ती विशेषतायुक्त कृषि उपजहरू इलेक्ट्रोनिक वाणिज्यको चौतारोमार्फत विक्री बाटो विस्तार गरिएको छ। स्थानीय किसानको आम्दानीमा वृद्धि भएको छ र गरिबीबाट मुक्त भएको छ। चालू वर्ष कोरोना भाइरस महामारी भएयता उपभोक्ताको उपभोग तरीकामा परिवर्तन भएको छ। इन्टर्नेटमा प्रत्यक्ष प्रसारणमार्फत सामानको विक्री गर्ने तरिका उपभोक्ताद्वारा मन पराइएको छ। धेरै किसानहरू प्रत्यक्ष प्रसारणमार्फत “इन्टर्नेटका सेलिब्रिटी” बनेका छन्। ग्रामीण क्षेत्रका अधिकारीहरूले पनि प्रत्यक्ष प्रसारण कक्षमा प्रवेश गरी स्थानीय सामानको विक्री गरेका छन्। यसका साथै धेरै प्रसिद्ध इलेक्ट्रोनिक वाणिज्य प्रस्तोताहरू पनि किसानलाई सहायता दिने कार्यक्रममा सहभागी भएका छन्। चीनको राष्ट्रिय गरिबीमुक्ति पुरस्कारका विजेता एवम् इलेक्ट्रोनिक वाणिज्य प्रस्तोता वै याले प्रत्यक्ष प्रसारण कक्षलाई गरिब जिल्लामा सारेकी थिइन्। उनले चार मिनेटमा दश हजार बक्स क्वैचौको फु आन कालो चियाको सफलताका साथ विक्री गरेकी थिइन्, पाँच मिनेटमा तीस हजार बक्स कानसुको ली जिल्लाको स्याउ चिप्सको सफलताका साथ विक्री गरिन्।

#समाचार सन्दर्भ# चीनको इलेक्ट्रोनिक वाणिज्यमार्फत गरिबी निवारणको अनुभव सिक्ने हो भने नेपालले गरिबी निवारणसँगसँगै आफ्नो उत्पादन वस्तुलाई विश्वभर पुर्याउनसक्ने

नेपालमा समुद्री सतहदेखि विश्वको सबैभन्दा अग्लो भूमिमा पाइने उचाइको कफी, अग्लो पहाडी क्षेत्रको चिया, अर्गानिक मह पाइन्छ। नेपालले चीनको इलेक्ट्रोनिक वाणिज्यमार्फत गरिबी निवारणको ढाँचा सिक्ने हो भने ती कृषि उपजको विक्री बाटोलाई विस्तार गर्नसक्ने छ। साथै अझै धेरै मानिसहरूले नेपालका उत्तम गुणस्तरीय कृषि उपजबारे थाहा पाउने छन्।