“सिन च्याङको श्रमिक रोजगारीको प्रत्याभूति” श्वेत-पत्र सार्वजनिक
2020-12-03 19:36:20cri
Share with:

चिनियाँ राज्य परिषदको प्रेस कार्यालयले हालै “सिन च्याङको श्रमिक रोजगारीको प्रत्याभूति” नामक श्वेत-पत्र सार्वजनिक गरेको छ।

सो श्वेत-पत्रका अनुसार, चीनको सिन च्याङले श्रमिक रोजगारीलाई सबैभन्दा ठूलो नागरिक जीवनयापन परियोजना तथा मूलभूत परियोजना बनाएर रोजगारीका लागि जोडतोडसँग तालिम दिएर रोजगारीको छनौटलाई बढाएको छ। जसबाट सिन च्याङमा रोजगारी स्थितिमा निरन्तर सुधार हुँदै आएको छ भने यहाँ बसोबास गर्ने विभिन्न सर्वसाधारणको आय निरन्तर बढ्दै आएको छ।

सो श्वेत-पत्रका अनुसार, विगत केही वर्षयता सिन च्याङमा श्रमिक रोजगारीको प्रत्याभूति सम्बन्धी नीतिमा अझ पूर्ण भएको छ, रोजगारीको मात्रा निरन्तर विस्तार भएको छ, रोजगारीको संरचना अरु समुचित भएको छ, श्रम शक्तिको गुणस्तर स्पष्टसँग उकासिएको छ र स्थानीय तथा कर्मचारीहरुको आय स्थिरताका साथ बढेको छ।