कोरोना महामारीलाई राजनीतिक र विचारमा गाँस्नु हुँदैन
2020-12-03 19:43:33cri
Share with:

वैज्ञानिक अनुसन्धान र सर्वेक्षणबाट नयाँ कोरोना भाइरस धेरै समय अगाडि मानव समाजमा फैलिएको अरु बढी प्रमाणहरु देखिन थालेका छन्। कोरोना महामारीबाट सबैभन्दा पहिले पीडा पाएको चीनलाई केही पश्चिमी सञ्चार माध्यम र राजनीतिज्ञहरुले झुटो आरोप तथा आक्रमण गरेका छन्। उनीहरुले विचारविज्ञानको क्षेत्रको पक्षपात र राजनीतिक कुचेष्टा लिएर चीनमाथि आक्रमण गर्दै आएको देखिन्छ।

अमेरिकी हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार, डिसेम्बर ३ तारिखसम्म विश्वमा कोरोना संक्रमितहरुको संख्या ६ करोड ४४ लाख ४७ हजार ६५७ पुगेको छ। यसबाट मृत्यु हुनेको संख्या १४ लाख ९१ हजार ५५९ पुगेको छ।

राजनीतिक र विचारविज्ञानको क्षेत्रमा भएको मतभेदलाई पन्छाउने बेला भएको छ। मानव समाजले गर्नुपर्ने कुरा मतभेदलाई पन्छाएर एकताबद्ध भएर महामारीको प्रतिरोध गर्नु र मानवको स्वास्थ्यको संयुक्त रुपमा संरक्षण गर्नु हो।