#समाचार सन्दर्भ#महामारीको प्रभावमा कसरी पर्यटनको पुनःविकास
2020-12-03 19:00:48CRI
Share with:

सन् २०२० को अन्तिम महिनामा हामी प्रवेश गरिसकेका छौँ। सन् २०२० मा कोभिड-१९ महामारी फैलिंएदेखि संसारभरमा जनजीवन प्रभावित भएको छ, विशेष गरी पर्यटन उद्योगमा ठूलो प्रभाव परेको छ। पर्यटन उद्योग नेपालको मुख्य उद्योग हो। त्यसैले महामारीको प्रभाव कसरी घटाउने र पर्यटनको पुनः विकास कसरी गर्ने भन्ने अहं प्रश्न उठेको छ। यहाँ सन् २०२० मा चीनबाट सार्वजनिक भएका मुख्य १० पर्यटन घटनाको जानकारी दिइएको छ। यी अनुभवबाट नेपालले राम्रो पाठ सिक्न सक्छ।

२०२० का अघिल्ला दश पर्यटन घटनाहरु-

१. फेब्रुअरीमा, जापानी "डायमण्ड प्रिन्सेस" क्रुज जहाजमा हजारौं मानिस कोरोनाका कारण थुनिए। महामारीको प्रभावमा विश्वव्यापी पर्यटन उद्योगलाई ठप्प बनाउने काम यसले सुरु गरेको हो।

२. गत मार्चमा, अफलाइन उपभोग बढाउन हाङचौ शहरले १ अर्ब ६८ करोड युआनको कुपन वितरण गरेको थियो। विभिन्न स्थानीय सरकारले उपभोक्ताको विश्वास र शक्ति पुनर्स्थापना गर्नका लागि उपभोक्ता कुपन वितरण गर्दै आएका छन्।

३. गत मार्चमा, चिनियाँहरूले "क्लाउड ट्राभल" मोड सुरु गरेका छन्। पर्यटन मञ्चहरूले प्रत्यक्ष प्रसारणद्वारा पर्यटनको पुनःविकास गरेका छन्। भर्साइल्स दरवार, लुभ्रे संग्रहालय, ब्रिटिश संग्रहालयलगायत प्रसिद्ध पर्यटकीय गन्तव्यले विश्वमै पहिलो पटक प्रत्यक्ष प्रसारण सुरू गरेका छन्।

#समाचार सन्दर्भ#महामारीको प्रभावमा कसरी पर्यटनको पुनःविकास

४. गत मे महिनामा नजिकका  क्षेत्रमा पर्यटन पुनः शुरू भएको छ।  ११ खर्ब ५० अर्ब मान्छेहरूले मास्क लगाएर सो समयमा यात्रा गरेका छन्।

५. गत जुलाई महिनामा मकाउले पर्यटन पुनः सुरू गरेको छ।

६. जुलाई महिनामै चिनियाँ सांस्कृतिक र पर्यटन विभागले सूचना जारी गरेर प्रान्त पार सामूहिक पर्यटन भ्रमण पुनः सुरु गरेको घोषणा गर्‍यो।

७. सेप्टेम्बरमा, पर्यटन उद्योगले पहिलो अर्बौ युआनको यात्रा अनुदान वितरण गरेको छ। यसले चीनभरिका लाखौंलाख होटेल, यातायात, दर्शनीय पार्कलाई समेटेको छ। नोभेम्बर ११ किनमेल महोत्सवमा धेरै अनलाइनपर्यटन मञ्चले प्रयोगकर्ताको उत्साहलाई प्रोत्साहित गर्न छुट्टा-छुट्टै अनुदान पनि सुरू गरे।

#समाचार सन्दर्भ#महामारीको प्रभावमा कसरी पर्यटनको पुनःविकास

८. जुनदेखि नोभेम्बरसम्म धेरै घरेलु एयरलाइन्सले " स्वतन्त्र उडान" कार्य योजनाहरू प्रस्तुत गरेका छन्।

९. अक्टोबरमा, पैचिङस्थित युनिभर्सल स्टुडियोको पहिलो टिकट खरीद सुरू भयो। खुल्ला भएको १३१ सेकेन्डमै सबै टिकट बिक्रि भए।

१०. यतिबेला तिब्बती किशोर तिङचेन इन्टरनेटमा धेरै लोकप्रिय बनेका छन्। विभिन्न कदेश र क्षेत्रले उनलाई निमन्त्रणा दिँदै आफ्नो पर्यटनको प्रसार गरेका छन्।

#समाचार सन्दर्भ#महामारीको प्रभावमा कसरी पर्यटनको पुनःविकास

सन् २०२० मा अघिल्ला दश पर्यटन घटनाबाट यस्तो अनुभव लिन सकिन्छ:

१. पर्यटन उद्योगको पुनर्त्थानमा सरकारले मुख्य भूमिका खेल्छ। चिनियाँ केन्द्रीय सरकारले महामारीको प्रभावकारी रोकथाम र नियन्त्रणको आधारमा विविध सुविधाजनक तथा नीतिको प्रस्तुत गरेर पर्यटन उद्योग पुनः सुरु गर्नका लागि राम्रो वातावरण र सुविधाजनक अवस्थाको सिर्जना गरेको छ।  विभिन्न क्षेत्रीय सरकारले पर्यटन उपभोग र बजारलाई प्रोत्साहित गर्न विभिन्न मञ्चमार्फत विभिन्न प्रकारका अनुदान जारी गरेका छन्।

२. पर्यटन उद्योगले संजाल र डिजिटल प्रविधिको प्रयोग गरेर भिडियो र प्रत्यक्ष प्रसारणद्वारा भौगोलिक सीमा घटाएर महामारीको प्रभावलाई सक्दो कम पारेको छ।

३. उड्डयन उद्योगले उडानमा खाली सिटको पूर्ण प्रयोग गरेर राजस्व वृद्धि गरेको छ। यात्रीहरूले सस्तो मूल्यमा उडान प्याकेज किनेर आरक्षणमार्फत वैध अवधिमा असीमित रूपमा यात्रा गर्न सक्छन्।

४. सामाजिक प्लेटफार्मको पूर्ण प्रयोगमा पर्यटन स्रोतको प्रसारण गरेर  अझ बढी पर्यटक आकर्षित गर्न सकिन्छ।

महामारीको प्रभावमा, विश्वव्यापी अर्थव्यवस्थामा मन्दी छाएको छ। तर जब सबैसँगै प्रयास र आपसी सहकार्य गरेमा, आशा खोज्न सकिन्छ। नेपालको हिमालय, ताललगायतसुन्दर दृश्यहरू र मैत्रीपूर्ण साथीहरूले पर्यटकलाई पर्खिरहेका छन्। महामारी चाँडै अन्त्य होस् भन्दै पर्यटकहरु नेपालको यात्रा गर्नका लागि प्रतिक्षारत छन्।