राष्ट्र संघका महासचिवद्बारा एकबद्ध भएर नयाँ कोरोना महामारीको प्रतिरोध गर्न आह्वान
2020-12-04 19:11:17cri
Share with:

संयुक्त राष्ट्र संघका महासचिव आन्टोनिओ गुटेरेसले डिसेम्बर ३ तारिख संयुक्त राष्ट्र संघको महासभा अन्तर्गत नयाँ कोरोना महामारी विशेष सम्मेलनमा एकताबद्ध भएर नयाँ कोरोना महामारीको प्रतिरोध गर्न विश्वसँग आह्वान गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

उक्त विशेष सम्मेलन डिसेम्बर ३ देखि ४ तारिखसम्म आयोजना गरिएको हो। संयुक्त राष्ट्र संघको महासभाले बिनाशकारी सरुवा रोगका लागि विशेष सम्मेलनको आयोजना गरेको यो पहिलो पटक हो।

महासचिव गुटेरेसले उक्त विशेष सम्मेलनलाई सम्बोधन गर्दै महामारीबाट देखिएको समस्याको समाधान गर्दै सार्वजनिक सुरक्षा प्रणालीलाई सबल पारी सबै जनातामा प्रचलित चिकित्सा बीमा र सामाजिक प्रत्याभूतिलाई साकार तुल्याउनुपर्ने कुरामा जोड दिनुभएको छ।