#समाचार सन्दर्भ# चीनको गरिबी निवारणले विश्वलाई ठूलो योगदान पुर्‍याएको
2020-12-04 15:27:11cri
Share with:

#समाचार सन्दर्भ# चीनको गरिबी निवारणले विश्वलाई ठूलो योगदान पुर्‍याएको

चीनमा विगत ४० बर्ष भन्दाअघिदेखि लागू गरिएको सुधार र खुलापन नीतिबाट आजसम्म ८० करोड भन्दा बढी मानिसहरूलाई गरिबीबाट मुक्त गरिएको छ। यसले विश्वमा गरिबी न्यूनीकरणका लागि ७० प्रतिशत भन्दा बढी योगदान पुर्‍याएको छ। यसै वर्षको अन्तसम्ममा, चीनले सबै ग्रामीण गरिब जनतालाई वर्तमान मापदण्ड अनुसार गरिबीबाट मुक्त गर्नेछ र संयुक्त राष्ट्रसंघ "सन् २०३० दिगो विकासको एजेन्डा" को तालिकाभन्दा १० बर्ष अघि गरिबी निवारण लक्ष्यहरु लाई प्राप्त गर्नेछ। चीनले विश्वमै गरिबी निवारणमा ठूलो योगदान पुर्‍याएको छ।

#समाचार सन्दर्भ# चीनको गरिबी निवारणले विश्वलाई ठूलो योगदान पुर्‍याएको

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति राजनैतिक ब्यूरोको स्थायी समितिले डिसेम्बर ३ मा गरिबी निवारण सम्बन्धी एक समिक्षा बैठक तथा मुल्याङ्कन रिपोर्ट बैठक आयोजना गरेको छ। सो बैठकमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। उहाँले ८ वर्षको निरन्तर प्रयासपछि नयाँ युगमा गरिबी निवारणको कार्यतालिका अनुसार पूरा गरिसकेको र एउटा ठूलो जीत हासिल गरिसकेको बताउनुहुँदै विश्वले यसको प्रशंसा गरिरहेको औंल्याउनुभयो।

#समाचार सन्दर्भ# चीनको गरिबी निवारणले विश्वलाई ठूलो योगदान पुर्‍याएको

चीनको लक्षित गरिबी निवारण नीतिले विश्वका अन्य विकासोन्मुख देशहरूका लागि मूल्यवान् अनुभव प्रदान गर्दछ। चीन विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश हो। चीन गरिबी निवारण कार्यमा अग्रगामी छ र यसले विश्वबाट गरिबी उन्मूलनका लागि चिनियाँ योजनाको प्रस्ताव गरेको छ। चीनले विश्वमा गरिबी उन्मूलनका लागि भूमिका निर्वाह गर्ने छ।

चीनको आर्थिक र सामाजिक विकासको सन्तोषजनक उपलब्धिहरू विश्वले देखेका छन्। चिनियाँ जनताको सुख र खुशीमा ठूलो सुधार आएको छ। यो चिनियाँ शक्ति हो।