#समाचार सन्दर्भ#मानव अधिकार कुनै मानिसको अधिकार मात्रै होइन
2020-12-04 15:21:56CRI
Share with:

#समाचार सन्दर्भ#मानव अधिकार कुनै मानिसको अधिकार मात्रै होइन

चीनको राज्य परिषदले हालै सिनच्याङको श्रम रोजगार संरक्षण श्वेत पत्र सार्वजनिक गरेको छ। उक्त श्वेत पत्रले चीनको सिनच्याङले श्रम रोजगारलाई सबैभन्दा ठूलो जनजीवन परियोजनाको रूपमा राखेको जानकारी दिएको छ। श्वेत पत्रका अनुसार, सन् २०१४ देखि सन् २०१९ सम्म सिनच्याङको श्रम रोजगारीको संख्या १ करोड १३ लाख ५२ हजार ४ सय जनाबाट बढेर १ करोड ३३ लाख १ हजार २ सय जना पुगेको छ भने शहर र गाउँको प्रतिव्यक्ति व्यय योग्य आय क्रमशः २३ हजार २ सय युआनबाट ३४ सय ७ सय युआन र ८७२४ युआनबाट १३ हजार १ सय युआनसम्म बढेको छ।

चीन सरकारले मानवीय आधारमा अन्तर्राष्ट्रिय श्रम संगठनको सुझावको प्रतिकृया दिइरहेको छ। सिनच्याङले विभिन्न जातिका सर्वसाधारणको श्रम अधिकारको संरक्षण गरेबाट अझ उच्च स्तर र अझ व्यापक अर्थमा बाँच्ने अधिकार र विकास अधिकारको विकास गर्न दृढ आधार प्रदान गरिएको पनि श्वेत पत्रले उल्लेख गरेको छ।

तर मानवअधिकार रक्षकको रूपमा देखिएको अमेरिकाको अवस्था कस्तो छ नि? वास्तवमा शान्ति र मानव अधिकारबारे प्रचार-प्रसार गरिरहेको अमेरिकामा थुप्रै समस्या देखिरहेको छ। केही वर्षयता गोरा मानिस प्राथमिक धारणा फेरि उकासिएको छ भने गोरा मानिसले अफ्रिकी अमेरिकीलगायत अल्पसंख्यक जातिमाथि आक्रमण गरेको गतिविधि निकै धेरै देखिन्छ। अमेरिकी मिडियाले पनि भन्छ कि सामान्य समयमा काला मानिस गोरा मानिसबाट भेदभाव भएको गुनासो गर्दा कसैले विश्वास गर्दैन। यदि अरू कसैले भिडियो नखिचेको भए फ्राइड गोरा प्रहरीबाट मारिएको तथ्य अझै प्रमाणित हुने थिएन।

#समाचार सन्दर्भ#मानव अधिकार कुनै मानिसको अधिकार मात्रै होइन

यसबाहेक हालसम्म अमेरिकामा कोरोना भाइरस संक्रमित संख्या १ करोड ४० लाख नाघेको छ र मृत्यु हुनेको संख्या २.८ लाखभन्दा बढी पुगेको छ। कुनै राजनीतिज्ञले आफ्नै अधिकारको आधारमा अमेरिकाको महामारी नियन्त्रण अवस्था अँध्यारोमा धकेलेको छ जसबाट कुनै मानिसको अधिकार आधारित अमेरिकी मानव अधिकार निकै स्पष्ट रूपमा देखिन्छ।

यति मात्रै होइन। अमेरिकाले अन्तर्राष्ट्रिय समूहमा आफ्नो प्रभूत्वको संरक्षण गर्न मानव अधिकार संरक्षणको निहुँमा अन्तर्राष्ट्रिय नियम, व्यवस्था, प्रणालीको भंग पनि गरिरहेको छ। संयुक्त राष्ट्र संघको मानवअधिकार परिषदबाट अमेरिका अलगिए तापनि परिषदको निर्वाचन नियम, दैनिक मामिला, र अरू देशको मानव अधिकारमा हस्तक्षेप गरिरहेको छ। अन्तर्राष्ट्रिय समूहबीच मिलेर महामारी नियन्त्रण गर्ने मुख्य समयमा अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहायता रोकेर संगठनबाट पनि अलगिएको छ। उसले भनिरहेको मानवअधिकार यो हो र?

अमेरिकालाई थाहा हुनुपर्छ कि मानव अधिकार कुनै मानिसको अधिकार मात्रै होइन। आफ्नो समस्याको समाधान गर्नुस्, अरूमाथि हस्तक्षेप नगर्नुस्, बदनाम नगर्नुस्। यसबाट कसैलाई फाइदा हुँदैन, हाम्रो सुझाव हो।