परराष्ट्रमन्त्री वाङ यी “संयुक्त राष्ट्र संघ-अफ्रिकी संघ सहयोग” विषयक उच्चस्तरीय भिडियो सम्मेलनमा सहभागी
2020-12-05 18:49:44cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङका विशेष प्रतिनिधि, राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले हिजो डिसेम्बर ४ तारिख संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको “संयुक्त राष्ट्र संघ-अफ्रिकी संघ सहयोग” विषयक उच्च स्तरीय भिडियो सम्मेलनमा सहभागी भएर सम्बोधन गर्नुभएको छ।

वाङ यीले नयाँ कोरोना महामारीको फैलावटले विश्वव्यापी संकटलाई गम्भिर पार्नुका साथै अफ्रिकी मुलुकहरुको राजनीतिक, आर्थिक र सामाजिक विकासलाई गहन प्रभाव पारेको छ। अफ्रिकाका शान्ति र सुरक्षा परिस्थितिको सामु अनेकन चुनौति देखा परेको छ। संयुक्त राष्ट्र संघले सक्रिताका साथ कदम चालेर अफ्रिकालाई कठिन अवस्थाबाट मुक्त गर्न सहायता पुर्‍याउनुपर्ने उहाँले बताउनुभयो।

वाङ यीले अफ्रिकी जनताले शान्ति प्राप्त गर्न भ्याएसम्म सहयोग गर्ने, अफ्रिकी मुलुकहरु आधुनिकीकरण बन्न सघाउ पुर्‍याउने र अन्तर्राष्ट्रिय मञ्चमा अफ्रिकी मुलुकहरुको निरन्तर समर्थन दिने भन्दै अफ्रिकासँगै हातमा हात मिलाएर अरु घनिष्ट चीन-अफ्रिका संयुक्त भाग्य समुदायको गठन गर्न चीन इच्छुक रहेको पनि उल्लेख गर्नुभयो।