#समाचार सन्दर्भ# प्रतिद्बन्द्वीको “चिसो" त्यागेर सहकार्यको “न्यानोपन”आवश्यक
2020-12-05 20:18:26cri
Share with:

#समाचार सन्दर्भ#  प्रतिद्बन्द्वीको “चिसो" त्यागेर सहकार्यको “न्यानोपन”आवश्यक

संयुक्त राष्ट्र संघको महासभा अन्तर्गत नयाँ कोरोना महामारी विशेष सम्मेलन डिसेम्बर ३ देखि ४ तारिखसम्म आयोजना भएको छ। संयुक्त राष्ट्र संघको महासभाले बिनाशकारी सरुवा रोगका लागि विशेष सम्मेलनको आयोजना गरेको यो पहिलो पटक हो। संयुक्त राष्ट्र संघका महासचिव आन्टोनिओ गुटेरेसले उक्त विशेष सम्मेलनलाई सम्बोधन गर्दै एकताबद्ध भएर नयाँ कोरोना महामारीको प्रतिरोध गर्न विश्वसँग आह्वान गर्नुभएको छ।

#समाचार सन्दर्भ#  प्रतिद्बन्द्वीको “चिसो" त्यागेर सहकार्यको “न्यानोपन”आवश्यक

नेपालमा प्रधानमन्त्री केपी शर्मा ओली आमन्त्रित भई उक्त सम्मेलनमा पनि सहभागी हुनुभएको छ। उहाँले भिडियोमार्फत सम्बोधन गर्दै ‘कोभिड–१९ महामारी फगत एक स्वास्थ्य संकट मात्र नभएको कुरा औँल्याउनुभएको छ। उहाँका अनुसार, महामारीबाट समस्त मुलुक र जनताका लागि अर्थतन्त्र, जनजीवन, चिकित्सा र पर्यटन सम्बन्धी अभूतपूर्व चुनौती ल्याइएको छ। उहाँले महामारी अन्तर्राष्ट्रिय प्रतिबद्धता र सहकार्यबाट पछि हट्ने बहानाको रुपमा प्रयोग गरिनु नहुने भन्दै विशेष परिस्थितिमा रहेका राष्ट्रहरुलाई आफ्नो अर्थतन्त्र स्थिर बनाउन, आर्थिक स्थिरता रक्षा गर्न तथा ऋण संकटको सामना गर्न बृहत सहयोगको खाँचो रहेको बताउनु छ।

#समाचार सन्दर्भ#  प्रतिद्बन्द्वीको “चिसो" त्यागेर सहकार्यको “न्यानोपन”आवश्यक

नयाँ कोरोना महामारी सबभन्दा पहिले चीनमा देखिएकाले लामो समयदेखि पश्चिमा जगतका केही राजनीतिज्ञ र सञ्चार माध्यहरूको चीनमाथि आक्रमण र अनादर गर्दै आएका छन्। विशेषत: प्रभुत्ववादी विचार र शीतयुद्धको विचारधारा अपनाएका मुलुकहरूले विविध राजनीतिक स्वार्थ मार्फत जथाभावी चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व र चिनियाँ विशेषतायुक्त समाजवादी व्यवस्थामाथि आक्रमण गर्नुका साथै भ्याएसम्म चीनको अन्तर्राष्ट्रिय छविलाई ध्वस्त पार्न खोजेका छन्। तिनीहरूले महामारी प्रतिरोधको सबभन्दा उत्कृष्ठ अवसर गुमाएर महामारी अवस्थालाई ठूलो मात्रामा नियन्त्रणबाट निस्केको खण्डमा आफ्नो दोष, सर्वसाधारणको नजर, असन्तुष्टि र रिसलाई चीनमाथि लगाउन खोजेका छन्। वास्तवमा त्यस्तो बदमाशी र खराब कारवाई आ-आफ्नो मुलुकको महामारी प्रतिरोधात्मक अवस्थाका लागि व्यर्थ र प्रत्युत्पादक भएतापनि त्यसले गम्भीर रुपमा महामारी प्रतिरोधात्मक अन्तर्राष्ट्रिय सहकार्यको प्रक्रियामा अवरोध पनि गरेको देखिन्छ।

महामारीले कुनै देशको सीमा मान्दैन। यस्तो विशेष अवस्थामा नयाँ कोरोना भाइरस नै विश्वका विभिन्न मुलुकले सामना गर्नुपर्ने साझा शत्रु बनेको छ। नेपाल लगायत चीनसँग मैत्रीपूर्ण सम्बन्ध कायम राखेका मुलुकहरूले स्पष्टसँग बुझेका छन् भने एकताबद्ध भएर महामारीको प्रतिरोध गर्नु नै‍ एउटा मात्र बुद्धिमान छनौट हो। प्रतिद्बन्द्वीको “चिसो”लाई छोडेर सहकार्यको “न्यानोपन”को अनुभव गर्नु एक किसिमको राम्रो उपाय हो। किनकि भिडन्त र प्रतिद्बन्द्वीबाट समस्याको समाधान गर्न सकिँदैन। बरु एकअर्कामा मेलमिलाप र सम्मान प्रदर्शन गर्दै हातमा हात मिलाएर वैज्ञानिक तथा प्रभावकारी रुपमा सहकार्य गरेर मात्र मानव जातिको इतिहासमा रहेको यो ठूलो कठिनाइलाई जित्न सकिनेछ।