#समाचार सन्दर्भ#एकतावद्ध भएर महामारीको प्रतिरोध गर्नु वर्तमान समयको मुख्य कार्य
2020-12-05 17:22:31cri
Share with:

#समाचार सन्दर्भ#एकतावद्ध भएर महामारीको प्रतिरोध गर्नु वर्तमान समयको मुख्य कार्य

अमेरिकी “द वाल्स्ट्रिट जर्नल”ले अमेरिकी रोग नियन्त्र तथा प्रतिरोध केन्द्रका अनुसन्धानकर्ताले नोभेम्बर ३० तारिख जनाएको एउटा सरकारी प्रतिबेदनलाई उद्धृत गर्दै गत वर्षको डिसेम्बर महिनामा रगतदान गरिएका केही अमेरिकीहरुको नमूनामा कोरोना भाइरस पत्ता लागेको जनाएको छ। यो समय अमेरिकी सार्वजनिक स्वास्थ्य संस्थाले घोषणा गरेको अमेरिकी पहिलो संक्रमितको समयभन्दा एक महिना अगाडिको हो। यसभन्दा अगाडी इटालीको मिलान राष्ट्रिय क्यान्सर अनुसन्धानालयद्वारा सार्वजनिक एउटा नतिजाका अनुसार, सो अनुसन्धानालयले गत वर्षको सेप्टेम्बरमा संकलन गरेका केही बासिन्दाहरुको रगतको नमूनामा कोरोना भाइरस पत्ता लगाएको थियो। जसबाट सन् २०१९ को सेप्टेम्बरमा कोरोना भाइरस इटालीमा फैलिएको प्रमाणित हुन्छ, जुन चीनको वुहानमा देखिएको महामारीको समयभन्दा निकै अगाडि हो।

विज्ञानको अनुसन्धान तथा सर्भेक्षण गहन रुपमा हुँदै आएको सिलसिलामा चीनमा देखा पर्नुअघि कोरोना भाइरस विश्व मानवमा फैलिएको अरु बढी प्रमाण भेटिएको छ। कोरोना भाइरसको उद्गम स्थान चीन नभएको ठूलो सम्भावना छ। चालु वर्षको प्रारम्भमा चीनको वुहानमा कोरोना महामारी देखिएपछि चीनले तत्काल वुहानलाई बन्द गर्नुका साथै समयमै विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरस सम्बन्धी सूचना प्रदान गरेको थियो। विश्वले महामारीको प्रतिरोध गर्न चीनले मूल्यवान समय प्रदान गर्नुका साथै ठूलो बलिदान र योगदान दिएको छ। अहिलेसम्म चीनले कोरोना महामारीको सफलताका साथ नियन्त्र गरेको छ र सामाजिक तथा आर्थिक जीवन क्रमश: पुन:उत्थान हुँदै आएको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अदहानोम घिब्रेयेसुसले महामारीको प्रतिरोधमा चीनको प्रस्तुतिको धेरै पटक प्रशंसा गर्नुभएको छ। तथापि केही पश्चिमी मुलुकले प्रभावकारी रुपमा महामारीको नियन्त्रण गर्न सकेका छैनन्। हरेक दिन संक्रमितहरुको संख्या बढ्दै आएको छ र ती मुलुकहरुका केही राजनीतिज्ञहरुले महामारीको नियन्त्रण गर्न कुनै प्रयास नगरी बरु जोडतोडसँग चीनमाथि हिलो छ्याप्ने काम गर्दै आएका छन्। उनीहरुले कोरोना महामारीको उद्गम स्थान चीन हो भन्दै चीनले यसको जिम्मेवारी वहन गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने दाबी पनि गरेका छन्। राजनीतिक उद्देश्य र फरक विचारका कारण उनीहरुले यस्तो गतिबिधि गरेका हुन् र जसबाट सबैभन्दा प्रत्यक्ष परिणाम उनीहरुको आफ्नै देशका नागरिकको ज्यान र स्वास्थ्यमा भयंकर क्षति पुगेको छ।