#समाचार सन्दर्भ# “चिनियाँ शक्ति”द्बारा विश्व सँगै मिलर महामारीको प्रतिरोधका लागि लाभको सिर्जना
2021-01-14 17:20:36cri
Share with:

# समाचार सन्दर्भ # “चिनियाँ शक्ति”द्बारा विश्व सँगै मिलर महामारीको प्रतिरोधका लागि लाभको सिर्जना_fororder_疫苗1

चीनमा औपचारिक रुपमा नयाँ कोरोना खोप लगाउने कार्य शुरु भएयता चीनद्बारा उत्पादित नयाँ कोरोना खोपले झन् झन् बढी नजर आकर्षित गरेको छ। हाल चीनद्बारा उत्पादित नयाँ कोरोना खोपले स्वदेशलाई छाडेर विदेशमा रहेका झन् झन् बढी चाहनालाई पूरा गर्न थालेको छ।

 

गत जनवरी ९ तारिख बिहान राज्य परिषद्को संयुक्त प्रतिरोध र संयुक्त नियन्त्रण व्यवस्थाले पत्रकार सम्मेलनको आयोजना गर्दै सम्बद्ध जिम्मेवार व्यक्तिहरूले हाल महामारी प्रतिरोध र नियन्त्रण र खोप लगाउने कार्यका अवस्थाबारे जानकारी दिएका छन्। प्राप्त जानकारी अनुसार, हालसम्म चीनले अघिपछि गरी ९० लाख डोजभन्दा बढी नयाँ कोरोना खोप लगाइसकेको छ। त्यसबाट के प्रमाणित गरिएको छ भने चीनले उत्पादन गरेको नयाँ कोरोना खोप निकै सुरक्षित छ। वास्तवमा चिनियाँ व्यवसायहरूले नयाँ कोरोना खोपको उत्पादन क्षमताको तैनाथ गर्नुअघि स्वदेश र विदेशमा रहेका द्बिपक्षीय चाहनाको विस्तृत रुपमा सोच-विचार गरिसकेका छन्। चीनको नयाँ कोरोना खोपको अनुसन्धान र उत्पादन सम्पन्न भई सञ्चालनमा आएपछि विश्वव्यापी सार्वजनिक उत्पादित वस्तुको हैसियतले विकासोन्मुख मुलुकतर्फ पुर्‍याउने र सम्बद्ध कार्यभार बहन गर्ने सन्दर्भमा चिनियाँ योगदान गर्दै जानेछ।

# समाचार सन्दर्भ # “चिनियाँ शक्ति”द्बारा विश्व सँगै मिलर महामारीको प्रतिरोधका लागि लाभको सिर्जना_fororder_疫苗2

ब्राजिलमा ६ करोड डोज, चिलीमा ६ करोड डोज, टर्कीमा ५ करोड डोज, इण्डोनेशियामा ४ करोड डोज र मेक्सिकोमा ३ करोड ५० लाख डोज......त्यो चीनको नयाँ कोरोना खोप बुकिङ गर्ने तालिका हो। ती डाटाबाट हामीले सजिलैसँग के देखेका छौं भने चीनको नयाँ कोरोना खोपप्रति विश्वका झन् झन् बढी मुलुकहरू आशावादी र विश्वासिलो रहिरहेका छन्। तिनीहरूले चीनको नयाँ कोरोना खोपको गुणस्तर र सुरक्षालाई निकै मान्यता दिएका छन्।

# समाचार सन्दर्भ # “चिनियाँ शक्ति”द्बारा विश्व सँगै मिलर महामारीको प्रतिरोधका लागि लाभको सिर्जना_fororder_疫苗3

चाइना राष्ट्रिय औषधी समूहको पहिलो चरणको नयाँ कोरोना खोपलाई जनवरी ९ तारिख राति जोर्डनमा पुर्‍याइएको छ र जोर्डनले १३ तारिखदेखि खोप लगाउने योजनाको आरम्भ गरेको छ। १ अर्ब ३० करोड थाइ भाटको सरकारी बित्तीय बजेटलाई थाइल्याण्डेली मन्त्री परिषद्ले अनुमोदन गर्दै चीनबाट २० लाख डोज नयाँ कोरोना खोपको बुकिङ गर्नेछ। ब्लुमवर्गको समाचार अझ आकर्षित देखिन्छ, कि इण्डोनेशियाका राष्ट्रपति जोको विदोदोले टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत चीनको साइनोभ्याक्स कम्पनीले उत्पादन गरेको नयाँ कोरोना खोप लगाउनुभयो। उहाँले वास्तविक गतिबिधिद्बारा सर्वसाधारणलाई पनि हौसला दिनुभएको छ। ती तथ्यकुरा के स्पष्टसँग प्रतिबिम्बित गरिएको छ भने चीनले महामारीको प्रतिरोध गर्ने अवधिमा प्राप्त उपलब्धिलाई अन्तर्राष्ट्रिय समुदायले स्वीकृत गरेको छ। हाल विश्वमा खोपको अनुसन्धान र उत्पादन गर्ने अग्र पङ्क्तिमा रहेको हैसियतले चीनको वैज्ञानिक अनुसन्धान क्षमता पनि दिनप्रति दिन बढ्दै आएको देखिन्छ। त्यसैगरी झन् झन् बढी मुलुकले विश्वासिलो नजरलाई चीनतर्फ पुर्‍याएका छन्।

 

महामारीको प्रतिरोध गर्नु नै एक दीर्घ संघर्ष रहिरहनेछ। चीनले विगतमा झैं विश्व स्वास्थ्य संगठन र विभिन्न मुलुकका विशेषज्ञसँग घनिष्ट सहकार्य गर्दै खोपको अनुसन्धान, उत्पादन र विश्वमा नयाँ कोरोना भाइरसको मुहान खोज्ने सन्दर्भमा अझ बढी सकारात्मक योगदान गर्दै जानेछ। “चिनियाँ शक्ति”ले विश्वका अझ बढी मुलुक र जनताका लागि सँगै मिलेर महामारी प्रतिरोध गर्न लाभको सिर्जना गर्दै जाने भन्ने हाम्रो आशा पनि छ।