सबैको प्रयासले वातावरण संरक्षण संभव
2021-01-14 16:12:38cri
Share with:

सबैको प्रयासले वातावरण संरक्षण संभव_fororder_src=http___n10.cmsfile.pg0.cn_group2_M00_02_60_CgoOElqy7ECAFpnzAADlSb97GFY080_enable=&qt=75&refer=http___n10.cmsfile.pg0

जलवायुको व्यवस्थापनका लागि जनवरी ४ तारिख पैचिङ्गको पर्यावरणीय  ब्युरोले नियमित पत्रकार सम्मेलनको आयोजना गरेको छ। सो पत्रकार सम्मेलनमा जनाएअनुसार पैचिङ्ग शहरको पि एम २.५ औसत प्रतिवर्ष एकाग्रता प्रति वर्गमिटरमा ३८ माइक्रोग्राम रहेको छ भने सन् २०१३ मा जालवायुको निगरानी भएदेखि यता सबैभन्दा न्यूनतम अंक सिर्जना गरेको छ। सन् २०२० मा पैचिङ्गमा कुनै पनि दिन गम्भीर प्रदूषण भएको देखिएको छैन। पैचिङ्गको जवलायु गुणस्तरले ऐतिहासिक उपलब्धि प्राप्त गरेको छ। यो उपलब्धि “तेह्रौं पञ्च वर्षीय”योजनादेखि चीन सरकारको बनाएको स्पष्ट नीति,विभिन्न विभागको प्रभावकारी कार्यान्वयन र समस्त चिनियाँहरुको समर्थनबाट प्राप्त भएको हो।

 

सन् २०१४ को फेब्रअरी महिनामा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ्गले पैचिङ्गको निरीक्षण गर्दै जोड दिनुभएअनुसार एयर गुणस्तरको सुव्यवस्थापन गर्ने प्रथम कार्यभार पि एम २.५ को नियन्त्रण गर्नुपर्ने कुरामा जोड दिनुभयो। त्यसैले कोइला, कार, व्यवसायको प्रदूषणलाई कडा नियन्त्रणमा राख्न राष्ट्राध्यक्षको निर्देश जारी गर्नु भएको थियो। त्यसपछि पैचिङ्ग र आसपासका क्षेत्रले संयुक्त रुपमा जलवायुको प्रदूषणलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न थालेको हो।

प्रदूषण नियन्त्रण गर्नका लागि पहिले पि एम २.५ को प्रदूषण स्रोतको व्यवस्थापन गर्नु हो। पैचिङ्गले सात सय गाउँमा “कोइलाको सट्टामा सफा स्रोत’ प्रयोगमा ल्याएको छ। औद्योगिक उद्यमहरूलाई बाहिर सार्ने कामलाई छिटो प्रवर्द्धन गरेको छ। साथै वातावरण मन्त्रालयले पैचिङ्ग र यसका आसपासका क्षेत्रका प्रान्त तथा शहरबीचको समन्वयलाई सुद्दढ पार्दै गम्भीर प्रदूषणको सामना गरेको छ।

 

प्रदूषणको व्यवस्थापनमा वातावरण संरक्षण सम्बन्धी निगरानी तथा जाँचबुझ एक महत्वपूर्ण विषय हो। यस सम्बन्धमा पैचिङ्गले सधैं नविन तरिका खोजिरहेको छ। सन् २०१७ को अगष्टदेखि पैचिङ्ग वातावरण कानुन प्रवर्द्धन एजेन्सीले “हटस्पट ग्रिड” लागू गरेर स्पष्ट कानुन कार्यान्वयन गर्न थालेको छ। हटस्पट ग्रिड भनेको प्राविधिक माध्यमले पैचिङ्गमा रहेको उच्च प्रदूषण क्षेत्रलाई धेरै क्षेत्रहरुको रुपमा विभाजन गर्दै यी क्षेत्रलाई वास्तविक समयमा उत्सर्जन गर्दछ। साथै प्रहरी टोली खटाएर अवैध र आपराधिक गतिविधिमाथि गम्भीर प्रहार गर्दछ।

धेरै वर्षको प्रयासमा अहिले बेइजिङ झन बढी सुन्दर देख्न थालिएको छ। यस्तो उपलब्धि हरेक पैचिङ्ग बासिन्दाको सहाभागी र समर्थनबाट प्राप्त भएको हो। बेइजिङमा कारलाई सीमित बनाउने कदम, हरित उर्जाका सवारी, चाडमा पटका पड्काउने कार्यमाथिको प्रतिवन्ध आदिले वातावरण प्रदूषणलाई नियन्त्रण गरेको हो। अहिले अझ बढी नागरिकहरु वातावरणको संरक्षण गर्ने चौतारोमा भाग लिन थालेका छन्।

वितेका पाँच वर्षमा चीनको आर्थिक विकासको महत्वपूर्ण समय मात्र नभई जलवायुको सुव्यवस्थापन गर्नेसमय पनि हो। तुवाँलोले ढाकेको आकाशलाई निलो आकाशमा परिवर्तन भएको पृष्ठभूमिमा राष्ट्र र समाजको संयुक्त प्रयासमा संभव भएको हो।