#समाचार सन्दर्भ# सुरक्षित र प्रभावकारी चिनियाँ खोपले सबत्र आशा ल्यायो
2021-01-14 17:30:36CRI
Share with:

#समाचार सन्दर्भ# सुरक्षित र प्रभावकारी चिनियाँ खोपले सबत्र आशा ल्यायो_fororder_hima0114NHP-11

चिनियाँ आधिकारिक श्रोतले जनवरी १३ तारिख जनाए अनुसार, गत वर्षको डिसेम्बर १५ तारिख चीनभरी कोरोना खोप लगाउने मुख्य समूहको कार्य लागू भएयता, चीनमा लगाइसकेका खोपको संख्या १ करोड भन्दा बढी पुगेको छ।

#समाचार सन्दर्भ# सुरक्षित र प्रभावकारी चिनियाँ खोपले सबत्र आशा ल्यायो_fororder_hima0114NHP-22

परिक्षात्मक अनुसन्धानपछि चिनियाँ खोपको सुरक्षा तथा प्रभावकारिता बहुमुलुकबाट बैज्ञानिक रूपमा प्रमाणित गरिएको छ। साइनो भ्याक्स कम्पनीको कोरोना प्रतिरोधी खोप ब्राजिल, टर्की, इन्डोनेशिया तथा चिली लगायतका मुलुकहरूमा तेस्रो परीक्षात्मक चरणमा प्रयोग गरिएको छ। प्राप्त नतिजा बमोजिम, टर्कीमा एन्टीबडी आएको दर ९१.२५ प्रतिशत पुगेको छ भने इन्डोनेशियामा परीक्षात्मक अनुसन्धानमा पाएको प्रभावकारिता दर ६४.५ प्रतिशत भएको छ। ब्राजिलमा गरिएको अनुसन्धानको नतिजा अनुसार, आइसियु र अस्पतालमा बसेका बिरामीमा शतप्रतिशत सफल भएको छ। अस्पतालमा उपचार लिनेहरूको लागि प्रभावकारिता दर ७८ प्रतिशत भएको छ। नर्स तथा डाक्टरहरू जस्ता उच्च खतरामा रहेकाहरूको लागि प्रभावकारिता दर ५०.३ प्रतिशत भएको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशकले जनवरी ११ तारिख यसरी बताउनुभयोः चिनियाँ खोप उत्पादक कम्पनीहरूलाई खोप आपतकालीन प्रयत्रग नामावलीमा समावेश गराउनको लागि डब्लुएचओले चिनियाँ खोप कम्पनीको उत्पादन अवस्थाको मूल्याङ्कन गर्दैछ।

#समाचार सन्दर्भ# सुरक्षित र प्रभावकारी चिनियाँ खोपले सबत्र आशा ल्यायो_fororder_hima0114NHP-3 拷贝

मेक्सिकोका राष्ट्रपतिले भन्नुभए जस्तै, चिनियाँ खोप राख्न अति जाडो वातावरणको आवश्यकता छैन जसबाट दुर्गम स्थलमा बस्नेहरूको लागि आशा बढाइएको छ। चिनियाँ खोपको यस विशेता देखेर फिलिपिन्स, सेचेलस तथा इन्डोनेशियाका राष्ट्रपतिहरूले चिनियाँ खोप लगाउनुभएको छ। हालै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले फेरि एक पटक पुष्टि गरेका छनः बचनबद्धताको पालना गर्दै चीनले खोपको अध्ययन तथा विकास गरेर प्रयोगमा ल्याएपछि विश्वको लागि सार्वजनिक उत्पादनको रूपमा प्रदान गर्नेछ जसबाट विकासोन्मुख मुलुकहरूमा खोप पाउनसकिन्छ र सस्तोमा किन्न सक्नको लागि चिनियाँ योगदान प्रदान गर्नेछ। खोप बजारमा चिनियाँ खोप खेलको नियमको परिवर्तन गर्ने अनुमान छ। आपतकालीन प्रयोग नामावलीमा समावेश गरिएपछि चिनियाँ खोपले विकासोन्मुख मुलुकहरूको मागको लागि आपूर्ति गर्ने छ र ती मुलुकहरूमा महामारी जित्ने आशा ल्याउने छ।

#समाचार सन्दर्भ# सुरक्षित र प्रभावकारी चिनियाँ खोपले सबत्र आशा ल्यायो_fororder_hima0114NHP-44

बढी भन्दा बढी चिनियाँ खोप प्रयोगमा आएपछि विश्वव्यापी कोरोना प्रतिरोध खोपको व्यापक प्रयोग पाइने छ। हालै विश्व बैंकले सार्वजनिक गरेको सबभन्दा पछिल्लो ‘विश्व आर्थिक भविष्यवाणी’ प्रतिवेदन वमोजिम, कोरोनाको खोपको व्यापक प्रयोगपछि सन् २०२१ मा विश्वको आर्थिक बृद्धि दर ४ प्रतिशतले हुने अनुमान छ। चिनियाँ खोपको सफल अध्ययन, विकास तथा प्रयोग चीनको बिजयी मात्र होइन विश्वको लागि ठूलो बिजयी हुने अंका छैन।