जेनेभामा रहेको “चिनियाँ बखत”
2021-01-14 20:10:24cri
Share with:

विश्वभर सबभन्दा महत्वपूर्ण बहुपक्षीय कुटनीतिक केन्द्रहरूमध्येको एकको हैसियतले जेनेभाले अन्तर्राष्ट्रिय मञ्चमा रहेका अधिकांश बिर्सन नसकिने “चिनियाँ बखत”लाई साक्षर गरेको छ। ४ वर्षअघिको जनवरी महिनामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जेनेभास्थित संयुक्त राष्ट्र संघको मुख्यालयको भ्रमण गर्नुभएको थियो। उहाँ नयाँ शताद्बीमा त्यहाँ भ्रमण गर्नु हुने पहिलो चीनका सर्वोच्च नेता पनि बन्नुभएको छ। सो भ्रमण अवधिमा उहाँले सम्बोधन गर्दै “मानव जाति भाग्यको एकरुपताको निर्माण” भन्ने नयाँ युगमा चीनको कुटनीतिको केन्द्रित विचारधाराको विस्तृत रुपमा ब्याख्या गर्नुभएको थियो। उहाँको सम्बोधनले विश्वव्यापी ठूला चुनौतीको कसरी सामना गर्ने विषयबारे चिनियाँ योजना पनि प्रस्तुत गरेको थियो।

सन् २०२१ नयाँ वर्षको शुभकामना सन्देशमा राष्ट्राध्यक्ष सीले भन्नुभएको कुराको अन्तर्राष्ट्रिय समुदायले निकै सकारात्मक प्रतिक्रिया जनाएको छ। उहाँ यसरी भन्नुहुन्छ: संसार एउटै साझा परिवार हो। १ वर्षको कठिन अवस्था भोगेपछि हामीले जुनसुकै बेलाभन्दा मानव जाति भाग्यको एकरुपताको महत्वपूर्ण अर्थबारे गहिरो रुपमा बुझ्न सकेका छौं।

सन् २०२१ को शुरुआत अर्थात् महामारीपछि विश्वले वर्तमान अवस्थाको कसरी सामना गर्ने छ? मानव जाति भाग्यको एकरुपताको निर्माण गर्ने विचारले हामीलाई सही दिशा देखाएको छ।