#राष्ट्राध्यक्ष सीका क्षणहरू#राष्ट्राध्यक्ष सीद्वारा ओलम्पिक खेलाडीलाई प्रोत्साहन
2021-01-21 15:35:52cri
Share with:

जनवरी १९ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चीनको हपै प्रान्तको चाङ च्या खौ सहर छौँली क्षेत्रमा रहेको राष्ट्रिय स्की जम्पिङ केन्द्र पुगेर खेलाडीहरूको तालिम निरीक्षण गर्नुभएको छ। उहाँले खेलाडीलाई प्रोत्साहन दिँर्दै ‘राम्रो जम्पिङ गरेर सफल रुपमा भुइँमा अतवरण गर्दा निकै स्थिर देखिएको’भन्दै प्रशंसा गर्नुभयो।

स्की जम्पिङ खेल युरोपेली मुलुकको मुख्य खेल हो। अहिलेसम्म एक सय वर्ष अधिक लामो इतिहास भएता पनि चीनका लागि यो एउटा नयाँ खेल हो। सन्२०२२ हिउँदे ओलम्पिक खेलकुदमा स्की जम्पिङ प्रतियोगिता उक्त राष्ट्रिय स्की जम्पिङ केन्द्रमा आयोजना हुनेछ।