चीन नेपाल सहयोग सम्भावना व्यापक
2021-02-18 09:55:24cri
Share with:

चीन नेपाल सहयोग सम्भावना व्यापक_fororder_src=http___img.yzcdn.cn_upload_files_2017_06_15_FqXJ9kF8USCbOt7Z2ql5gl6-wfNN!730x0&refer=http___img.yzcdn

 

तेस्रो‘हिमालय वरिपरि’अन्तर्राष्ट्रिय सहयोग मञ्च भर्खरै फेब्रअरी ३ तारिख इन्टरनेटबाट आयोजना भएको छ, जुन पर्यावरणीय वातावरणको संरक्षणमा केन्द्रित छ। नेपाल तथा अरू १५ वटा मुलुक र ३ वटा अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधहरूले इन्टरनेटमार्फत छलफल गरेका छन्। यसै गरी फेब्रअरी २ तारिख चीनका प्रधानमन्त्री ली ख छ्याङले चीनमा कार्यरत विदेशी विशेषज्ञसँग भेटवार्ता गर्नुभएको थियो। प्रधानमन्त्री लीले चाइनिज एकेडेमी अफ साइन्स अन्तर्गत तिब्बती उच्चपठार भूमि अनुसन्धान संस्थामा कार्यरत नेपाली वैज्ञानिक डिबि कट्टेलसँग आदानप्रदान गर्दा चीनले हिमाली क्षेत्रको जलवायु परिवर्तनमा उच्च प्राथमिकताका साथ अनुसन्धान गरिरहेको र चीन र नेपालबीचको सहकार्य धेरै महत्वपूर्ण रहने औंल्याउनुभएको थियो।

‘हिमालय वरिपरि’अन्तर्राष्ट्रिय सहयोगको विचार सबैभन्दा पहिले सन् २०१४ मा प्रस्तुत गरिएको हो। उक्त विचारमा चीनको तिब्बतलाई सहयोगात्मक पुलको रूपमा स्थापना गरी मुख्य रूपमा नेपाल, भारत, भुटान आदि दक्षिण एशियाली मुलुकसँग विशेष रूपमा सीमावर्ती व्यापार, अन्तर्राष्ट्रिय पर्यटन, तिब्बती औषधी व्यवसाय, विशेषतायुक्त पशुपालन व्यवसाय र सांस्कृतिक व्यवसायको विकास गर्ने छ। केही वर्षको विकासपछि नेपाल‘हिमालय वरिपरि’अन्तर्राष्ट्रिय सहयोगको महत्वपूर्ण साझेदारी बनिसकेको छ।