“खोपको राष्ट्रवाद”ले महामारी उन्मूलनको पाइला धीमा पार्नेः विश्व व्यापार संगठनका महाप्रबन्धक
2021-02-19 16:10:19CRI
Share with:

“खोपको राष्ट्रवाद”ले महामारी उन्मूलनको पाइला धीमा  पार्नेः विश्व व्यापार संगठनका महाप्रबन्धक_fororder_1

विश्व व्यापार संगठनका नव निर्वाचित महाप्रबन्धक एन्गोजी अकोन्जो वेइलाले “खोपको राष्ट्रवाद” पछ्याउँदा कोरोना भाइरस महामारी निर्मूल प्रक्रिया सुस्त हुने भन्दै सबै मुलुकको आर्थिक वृद्धिमा असर पार्ने कुरा बताउनुभएको छ।

वेइलाले फेब्रुअरी १५ तारिख रोयटर्ससँगको अन्तर्वार्तामा उहाँले पद सम्हालेपछिको पहिलो कार्य विश्व व्यापार संगठनलाई कोरोना भाइरस महामारीको सामनाको प्रत्याभूति दिनुभएको बताउनुभयो।

साथै उहाँले अनुसन्धानबाट प्रमाणित गरिएअनुसार, गरिब मुलुकले नागरिकलाई छिटो कोरोना भाइरस खोप नलगाउने हो भने विश्व अर्थतन्त्रमा नब्बे खर्ब अमेरिकी डलर बराबर क्षति हुने कुरा बताउनुभयो।