चालू वर्ष चीनको “चौधौँ पञ्च वर्षीय योजना”को पहिलो वर्ष हुनुका साथै समाजवादी आधुनिक मुलुकको निर्माणको पहिलो वर्ष पनि हो। साथै अन्तर्राष्ट्रिय विज्ञहरुले चीनको विकास सम्बन्धी नयाँ अवसरलाई संयुक्त रुपमा बाँडेर अरु समृद्ध चीनले महामारीको युगपछिको संसारलाई थप बढी विश्वास र प्रेरक शक्ति थप्नसक्ने आशा राखेका छन्। हाल जापानी चलचित्र निर्देशक टाकेउचि रयोले छायाँकन गरेको वृत्तचित्र “महामारीपछिको युग” ले चीन र जापानमा धेरै सकारात्मक प्रतिक्रिया पाएको छ। टाकेउचि रयोले आफ्नो दृष्टिकोणबाट महामारीको प्रतिरोधबारे चिनियाँ अनुभवको उपभोग गर्नुका साथै महामारीको नियन्त्रण र आर्थिक विकासलाई अघि बढाएको वास्तविकता विश्व सामू प्रदर्शन गर्नुभयो। हाम्रा पत्रकारसँग कुराकानी गर्दै उहाँले सत्यतथ्य रुपमा चीनलाई प्रस्तुत गर्दै चिनियाँ संस्कृतिलाई अरु बढी विदेशी दर्शकहरुसमक्ष ल्याउनसक्ने आशा राख्नुभयो।
तीस मिनेट लामो वृत्तचित्र “महामारीपछिको युग” टाकेउचि रयोको चीनको महामारी प्रतिरोध कार्यमा केन्द्रित तेस्रो चलचित्र हो। चालू वर्षको प्रारम्भमा जापानको सबैभन्दा प्रभावशाली या हु प्लेटफर्ममा यस चलचित्र राखिएपछि चर्चित विषय बनेको छ। जापानका धेरै इन्टरनेट प्रयोगकर्ताहरुले सो चलचित्र हेरेपछि चिनियाँ व्यवसायहरुको सम्मान गरी चीनको उपलब्धिको प्रशंसा गरेका छन्।