नेपालमा फागुन २३ गतेदेखि ६० वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप दिइने
2021-02-22 18:46:17cri
Share with:

नेपालमा फागुन २३ गतेदेखि ६० वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप दिइने_fororder_Nepali News 1

नेपाल सरकारले यही फागुन २३ गतेदेखि ६० वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ। त्यसका लागि फागुन १६ गतेभित्र आ-आफ्नो स्थानीय तहका ज्येष्ठ नागरिकको तथ्यांक संकलन गरी पठाउन स्थानीय तहलाई आग्रह गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनु भएको नेपाल समाज अनलाइनले लेखेको छ।

मन्त्री त्रिपाठीले फागुन २३ गतेदेखि खोप केन्द्रहरुमार्फत कोरोनाविरुद्धको खोप लगाइने जानकारी दिँदै ६० वर्षमाथिका सबैलाई खोप लगाउन आग्रह गर्नुभयो। उहाँले आजै १० लाख खोप डोज नेपाल भित्रिएको जानकारी पनि दिनुभयो।

मन्त्री त्रिपाठीले कतिपय विकसित देशले समेत पैसा तिरेर पनि कोरोना खोप पाउन नसकिरहेको उल्लेख गर्दै आफूहरुको विशेष पहलबाट खोप प्राप्त गर्न सफल भएको बताउनुभयो। ‘कोरोना खोप अब स्वास्थ्य सामग्रीका रुपमा मात्र नभई राजनीतिक सामग्रीका रुपमा विश्वव्यापी भएको छ’, उहाँले भन्नुभयो।