उरुमुछिमा “चिनियाँ कम्युनिष्ट पार्टीको कथा” सम्बन्धी सिन्च्याङको विषयक प्रचार प्रसार सम्मेलन
2021-02-22 18:53:46cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत वैदेशिक सम्पर्क विभाग र चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत सिन्च्याङ युगुर स्वायत्त प्रदेश समितिको संयोजकत्वमा “चिनियाँ कम्युनिष्ट पार्टीको कथा” सम्बन्धी सिन्च्याङको विषयक प्रचार प्रसार सम्मेलन फेब्रअरी २२ तारिख उरुमुछिमा आयोजना गरिएको छ। ८० भन्दा बढी मुलुकका लगभग २ सय विदेशी राजनीतिक पार्टी, अन्तर्राष्ट्रिय संस्था, सामाजिक संगठन, सञ्चार माध्यम र थिङ्कट्याङ्कका ३ सयभन्दा बढी विदेशी अथितिहरूले भिडियोमार्फत सम्मेलनमा सहभागी भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत वैदेशिक सम्पर्क विभागका प्रवक्ता हु चाउ मिङले २२ तारिख उक्त जानकारी दिनुभएको हो।

“चिनियाँ कम्युनिष्ट पार्टीको कथा” सम्बन्धी सिन्च्याङको विषयक प्रचार प्रसार सम्मेलनको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय समुदायसमक्ष सी चिनफिङको नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारा र त्यस विचारधारालाई चीनका विभिन्न स्थानले व्यवहारमा उतारेको रोचक रेकर्ड र प्राप्त सकारात्मक उपलब्धिबारे जानकारी दिनु रहेको छ। जनताको सुमधुर जीवन भन्ने सो सम्मेलनको मुख्य नारा नै हो। सम्मेलनमा मुख्यत: सिन्च्याङ युगुर स्वायत्त प्रदेशको पार्टी समितिले सिन्च्याङमा विभिन्न जातिका जनताको नेतृत्व गर्दै एकबद्ध भएर अथक प्रयासमार्फत सुमधुर जीवनको सिर्जना गर्ने तथ्य कुराबारे जानकारी गरिएको छ।