वसन्त चाडमा “चिनियाँ उपहार”का रुपमा रहेको खोपले विश्वका लागि आशाको किरण
2021-02-22 18:53:05cri
Share with:

वसन्त चाडमा “चिनियाँ उपहार”का रुपमा रहेको खोपले विश्वका लागि आशाको किरण_fororder_TIM图片20210222174642

खोपलाई सारा विश्वको सार्वजनिक उत्पादित वस्तुको रुपमा बनाउँदै चीनले आफ्नो भनाइलाई व्यवहारमा उतारेको छ। वसन्त चाडको लामो बिदा भए तापनि चीनले बाह्य जगतलाई खोपको उपलब्ध र सहयोग गर्ने आफ्नो पाइलालाई कहिल्यै पनि रोकेको छैन।

वसन्त चाडमा “चिनियाँ उपहार”का रुपमा रहेको खोपले विश्वका लागि आशाको किरण_fororder_TIM图片20210222174637

बितेका केही दिनयता चीनले अघिपछि गरी जिम्बाबे, सेनेगल, हङ्गेरी र पेरु आदि मुलुकलाई खोपको वितरण गरिसकेको छ। नयाँ कोरोना महामारीको कालो छायाँ अझ विश्वमाथि ढाकेको अवस्थामा चिनियाँ खोप नै अधिकांश विकासोन्मुख मुलुकहरूले आफ्ना जनताको प्राणको संरक्षण गर्ने आशा रहेको छ। त्यसै कारण खोपलाई चीनबाट आएको “वसन्त चाडको उपहार” भनिएको हो। 

महत्वपूर्ण अवधिमा चीनले सक्दो छिटो गरी अरु देशलाई सहायता गरेको कार्यको विभिन्न पक्षहरूले सराहना गरेका छन्। चीनको गहिरो मित्रता र मानवीय भावना बोकेका खोपहरूलाई पुर्‍याउँदा सम्बद्ध मुलुकका गण्यमान्य व्यक्तिहरूले त्यसको सम्मानमा उच्च तहको स्वागत गरेका छन्।

वसन्त चाडमा “चिनियाँ उपहार”का रुपमा रहेको खोपले विश्वका लागि आशाको किरण_fororder_TIM图片20210222174646

हालसम्म चीनले माग प्रस्तुत गरेका ५३ वटा विकासोन्मुख मुलुकलाई खोप सहायता उपलब्ध गराइसकेको छ भने २२ वटा मुलुकतर्फ खोपको निर्यात गरिसकेको छ। यसका साथै विश्व स्वास्थ्य संगठनको माग अनुसार विकासोन्मुख मुलुकको आवश्यक चाहनालाई पूरा पार्नका लागि चीनले “नयाँ कोरोना खोप लागु योजना”तर्फ राष्ट्रिय उत्पादित १ करोड डोजका खोप प्रदान गर्ने निर्णय गरेको छ।

तथ्यबाट के प्रमाणित हुन्छ भने एकताबद्ध सहकार्य नै अन्तर्राष्ट्रिय समाजले रोगलाई पराजित गर्ने सबभन्दा सशक्त हतियार हुनुपर्छ। एउटा ठूलो जिम्मेवारी मुलुकको हैसियतले चीनले विगतमा झैं भ्याएसम्म खोप भन्ने चीनबाट आएको न्यानो उपहारलाई महामारीको कालो छायाँलाई मेटाउनसकिने उज्ज्यालो किरण बनाउँदै जानेछ।