भारतसँग खरिद गरिएको कोभिडविरुद्धको १० लाख डोज खोप नेपाल आइपुग्यो
2021-02-22 18:47:42cri
Share with:

भारतसँग खरिद गरिएको कोभिडविरुद्धको १० लाख डोज खोप नेपाल आइपुग्यो_fororder_Nepali News 2

भारतसँग खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप नेपाल आइपुगेको छ। आइतबार भारतको नयाँदिल्लीबाट एयर इन्डियाको विमानबाट सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित १० लाख डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको नेपाल समाज अनलाइनले लेखेको छ।

सरकारले फागुन ५ गते सेरम इन्स्टिच्युटसँग सीधै २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो। त्यही सम्झौताअनुरुप पहिलो खेपको खोप आएको हो। खोप विमानस्थलबाट भण्डारणका लागि टेकुस्थित ’कोल्डरुम’मा लगिने छ। यही फागुन २३ गतेदेखि सञ्चालन हुने नयाँ खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

दोस्रो चरणमा ५५ वर्ष माथिका नागरिक र जोखिम समूहलाई प्राथमिकता दिइनेछ। माघ ८ गते १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो। जसअनुसार पहिलो चरणको खोप अभियान सञ्चालन सञ्चालन गरेको थियो।