#समाचार सन्दर्भ# चीनको विभिन्न क्षेत्रको “अनलाइन” वसन्त खेती ढाँचा नेपालद्वारा सिक्नसकिने
2021-02-23 10:29:24CRI
Share with:

#समाचार सन्दर्भ# चीनको विभिन्न क्षेत्रको “अनलाइन” वसन्त खेती ढाँचा नेपालद्वारा सिक्नसकिने_fororder_img-a3460cf8f5029d87a8e97bb3f4c7e237

वसन्त एक वर्षको योजना बनाउने समय हो। चीनको वसन्त चाडको विदा भर्खरै सम्पन्न भएपछि चीनको विभिन्न क्षेत्रका किसानहरूले वसन्त खेती गर्न थालेका छन्। चीनको है लुङ च्याङ प्रान्तीय चाउ युआन जिल्ला ह फिङ बस्तीको ह फिङ गाउँका वासिन्दा छन यौलाई कुनै चिन्ता छैन। उनले मोबाइमार्फत स्थानीय कृषि सामग्री व्यापारीसँग सम्पर्क गरी बीउ र रासायनिक मल छानेका छन्। छोटो समयपछि ती कृषि सामग्री उनको घर पुग्ने छ। चाउ युआन जिल्लामा धेरै किसानहरू कृषि सामग्री खरीद गर्न बजार जानुपर्दैन र मोबाइलमार्फत नै वसन्त खेतीको तयारी गर्छन्।

#समाचार सन्दर्भ# चीनको विभिन्न क्षेत्रको “अनलाइन” वसन्त खेती ढाँचा नेपालद्वारा सिक्नसकिने_fororder_img-a1a765f4450a9104ba6cf4c2bdde6c0e

महामारीको रोकथाम तथा नियन्त्रण र कृषि उत्पादन यी दुबै क्षेत्रको काम गर्ने अवस्थामा “अनलाइन” वसन्त खेती चीनको विभिन्न क्षेत्रको वसन्त खेती उत्पादनको नयाँ ढाँचा बनेको छ। “अनलाइन” वसन्त खेती कृषि सामग्रीको आवश्यकता र आपूर्तिको प्रत्याभूति गर्न र जाँच गर्नका लागि हितकर छ। बीउ, रसायन औषधी, रासायनिक मल वसन्त खेतीको आवश्यक कृषि सामग्री हुन्। मोबाइल र इन्टर्नेटले किसान र कृषि सामग्री उत्पादन तथा विक्री गर्ने व्यक्तिहरूलाई जोडेका छन्। यसले गर्दा कृषि सामग्रीको आवश्यकता र आपूर्ति तुरुन्तै रुपमा थाहा पाउन र मूल्याङ्कन गर्नसकिन्छ र कृषि सामग्रीको प्रयोगको प्रभावकारी रुपमा प्रत्याभूति दिनसकिन्छ। यसका साथै “अनलाइन” वसन्त खेती कृषि उत्पादनको क्षमतालाई माथि उकास्न हितकर छ। कृषि प्राविधिकहरूले मोबाइलमार्फत किसानको खेतीपाती लगायत विभिन्न समस्याहरूमा प्राविधिक गाईड र तालिम दिनसक्छन्। किसानलाई बाली हुर्काउने अवस्थाको निरीक्षण गर्न सहयोग गरी बालीको उत्पादन मात्रा र गुणस्तरलाई माथि उकास्नसक्छन्। महामारीको रोकथाम तथा नियन्त्रण अवस्थामा मात्र नभई भविष्यमा “अनलाइन” वसन्त खेती ढाँचा कृषि उत्पादनलाई परिवर्तन तथा उन्नत गर्न आवश्यक बाटो बन्ने छ। भविष्यमा “अनलाइन” वसन्त खेतीको विकाससँगै ठूलो निहित शक्ति हुनेछ।

#समाचार सन्दर्भ# चीनको विभिन्न क्षेत्रको “अनलाइन” वसन्त खेती ढाँचा नेपालद्वारा सिक्नसकिने_fororder_1125631014_15827358840111n

नेपाल एक परम्परागत कृषि मुलुक हो। महामारीको रोकथाम तथा नियन्त्रण गर्नुका साथै कृषि उत्पादन गर्ने अवस्थामा चीनको “अनलाइन” वसन्त खेती ढाँचा नेपालद्वारा सिक्नसकिन्छ। नेपालका कृषि प्राविधिकहरू मोबाइलमार्फत सुदूर क्षेत्रमा रहेका किसानहरूका लागि धान, मकै, चियालगायतका बालीहरू रोप्ने क्रममा प्राविधिक गाईड बन्नसक्छन्। किसानलाई रोपाइँका क्रममा आइलागेका समस्याहरूको समाधान गर्न मद्दत दिनसक्छन, बालीको गुणस्तर र उत्पादन मात्रालाई उकास्न तथा महामारीमा किसानको आम्दानी बढाउन सहयोग गर्नसक्छन्।

#समाचार सन्दर्भ# चीनको विभिन्न क्षेत्रको “अनलाइन” वसन्त खेती ढाँचा नेपालद्वारा सिक्नसकिने_fororder_1125579781_15817709462571n