#अल्पसंख्यक जाति# तिब्बत पठारभूमिको चिनियाँ शान्ति चिकित्सा सेना टोली कंगोमा
2021-02-23 15:51:36cri
Share with:

 

#अल्पसंख्यक जाति# तिब्बत पठारभूमिको चिनियाँ शान्ति चिकित्सा सेना टोली कंगोमा_fororder___172.100.100.3_temp_9500033_1_9500033_1_1_1b479c48-3ef5-445f-bcb9-1d627e2ca297

कंगो प्रजातान्त्रिक गणराज्य अफ्रिकाको मध्य मागमा रहेकाले अफ्रिकाको मुटु मानिन्छ। त्यहाँको प्राकृतिक स्रोत ज्यादै प्रशस्त छ। तर दर्शौं वर्षयता युद्ध तथा भाइरस फैलिएको हुनाले कंगो भयंकर मानवीय प्रकोपमा परेको छ। सन् २००२ देखि राष्ट्र संघीय शान्ति अवलोकन मिशन कंगोमा प्रवेश गरेको छ। हाल चिनियाँ २४औं शान्ति सेनाअन्तर्गत चिकित्सा फौज कंगोमा कार्यरत् छ। यो फौज तिब्बती सैन्य क्षेत्रबाट आएको हो। उसको मुख्य जिम्मेवारी भनेको त्यहाँ खटाइएको शान्ति सेना टोलीभित्रका घाइते सैनिकको उपचार तथा यातायात प्रबन्ध मिलाउनु हो। यो नै तिब्बती सैन्य क्षेत्रले विदेशमा शान्ति मिशनका लागि सैनिक पठाएको पहिलो पटक हो।

शान्ति चिकित्सा फौजका प्रमुख सिङ ख फैले पहिलो पटक शान्ति मिशनमा भाग लिनुभएको छ। प्रस्थानअघि उहाँ र अरू सदस्यहरूलाई अफ्रिकाको अवस्थाबारे चिन्ता लागेको थियो। कोभिड-१९ महामारी, संक्रमित रोग, युद्ध, भाषा आदि उहाँहरूका सामु देखापरेका गम्भीर चुनौतीहरू हुन्।