चीनसँग सम्बन्धित मामिलामा बाइडेन सरकार पूर्व सरकारको छायाँमा
2021-02-25 19:20:43cri
Share with:

चीनसँग सम्बन्धित मामिलामा बाइडेन सरकार पूर्व सरकारको छायाँमा_fororder_TIM图片20210225170025

अमेरिकामा बाइडेन सरकार सत्तामा आएको १ महिना भइसकेको छ। तैपनि बाइडेन सरकारका केही पदाधिकारीले अर्थतन्त्र र व्यापार, दक्षिण चीन सागर र महामारी प्रतिरोध लगायत चीनसँग सम्बन्धित रहेका मामिलामा देखाएको अडान र धारणाले पूर्व सरकारको छापलाई मेटाउन नसकेको बरु पूर्व सरकारको छायाँमा अझ छलिएको देखिन्छ।

अमेरिकामा यस्ता समस्या परराष्ट्र र गृह मामिलाबाट सिर्जित भएका हुन्। आफ्नो व्यवस्थाको विशेषता भएकाले स्वार्थलाई प्राथमिकता राख्नु नै अमेरिकी राजनीतिज्ञका लागि परिवर्तन नहुने सत्तारुढ नियम रहेको छ। जोसुकै सत्तामा आए तापनि “सेवाको मत”लाई प्राथमिकतामा राख्नैपर्छ।

चीनसँग सम्बन्धित मामिलामा बाइडेन सरकार पूर्व सरकारको छायाँमा_fororder_TIM图片20210225170028

सत्तामा आएपछि बाइडेनले महामारीको सामना र अर्थतन्त्रको पुनरुत्थान दुई कार्यभारलाई प्राथमिकतामा राख्ने वचन बद्धता गर्नुभएको छ। तर हालको अवस्थाबाट हेर्दा ती दुईवटा कार्यभार सामु निकै ठूलो चुनौती देखा परेको छ। हाल अमेरिकामा महामारीका कारण मृत्यु भएको जनसंख्या ५ लाख नाघेको छ भने कहिलेसम्म महामारीको नियन्त्रण गर्नसकिने निश्चित छैन।

हाल चिनियाँ पदाधिकारीले ३ वटा बन्द र ३ वटा त्याग गर्न अमेरिकासँग आह्वान गर्नुका साथै चीन अमेरिका सहकार्य हुने ३ किसिमको महत्वपूर्ण क्षेत्र पनि प्रस्तुत गरेको छ। त्यसैले चीन अमेरिका सम्बन्धलाई सही बाटोमा पुन:फर्काउनका लागि दिशा निर्देश गरेको छ। बाइडेन सरकारले चीनको धारणाबाट सदिच्छा बुझेर उचित छनौट गर्नसक्ने चीनको आशा छ। किनकि अमेरिकाको सत्रु कहिल्यै पनि चीन होइन, बरु अमेरिकी राजनीतिज्ञको मनमा लुकिएको भूत नै उनीहरुको सत्रु हो।