“चिनियाँ नमूनाले” विश्व गरिबी निवारणका लागि गरेको योगदान
2021-02-27 17:55:55cri
Share with:

“चिनियाँ नमूनाले” विश्व गरिबी निवारणका लागि गरेको योगदान_fororder_2021022623042439948

इतिहासमा मानव जातिले गरिबीसँग धेरै पटक युद्ध गरेतापनि श्रेष्ठता प्राप्त गर्न धेरै कठिन थियो। तर आज यो अप्ठ्यारो समस्याको समाधान विश्वमा सबैभन्दा बढी जनसंख्या भएको मुलुक चीनमा भइसकेको छ।

फेब्रअरी २५ तारिख चीनले पूर्ण गरिबी उन्मूलन गरी पूर्वनिर्धारित समय भन्दा दश वर्षअगाडी नै “संयुक्त राष्ट्र संघको दिगो विकास सम्बन्धी कार्यसूचि”मा तोकिएको गरिबी निवारणको लक्ष्य पूरा गरेको छ। विशेष गरी बिगत ८ वर्षयता करिब दश करोड चिनियाँ नागरिकले गरिबीबाट मुक्ति पाएका छन्। यो हरेक वर्ष प्राप्त सबैभन्दा ठूलो उपलब्धि हो।

विश्वकफ जनसंख्यामध्ये चिनियाँले मात्र २० प्रतिशत स्थान लिएको छ। यो उत्तरोत्तर प्रगति “चीनका लागि मात्र नभई विश्वका लागि पनि ठूलो उपलब्धि हो”।

“चिनियाँ नमूनाले” विश्व गरिबी निवारणका लागि गरेको योगदान_fororder_2021022623042461152

विश्व बैंकको पूर्ण गरिबीको मापदण्ड बमोजिम, अहिलेसम्म विश्वका ७० करोड भन्दा बढी जनसंख्या पूर्ण गरिब अवस्थामा रहेका छन्। कोरोना महामारीले गरिबी निवारण प्रक्रियालाई सुस्त पारेको छ। यस्तो पृष्ठभूमिमा १ अर्ब ४० करोड जनसंख्या भएको मुलुकले धेरै कठिनाईलाई जितेर समयमै पूर्ण गरिबी उन्मुलन गरेको कुरा विश्वको गरिबी मुक्ति प्रक्रियाका लागि विशाल योगदान हो। यति मात्र नभई सबैभन्दा ठूलो विकासोन्मुख मुलुकको रुपमा चीनले सफलताका साथ पूर्ण गरिबी निवारण गरेको कुराले गरिबीलाई जित्ने विश्वको विश्वासलाई ठूलो हौसला प्रदान गरेको छ।

विश्वका कुनै पनि देशले यस्तै छोटो समयमा यति धेरै मान्छेलाई गरिबी अवस्थाबाट मुक्त गर्न सकेको छैन, तथापि चीनले सफलताका साथ गरेको छ। चिनियाँ नमूनाबाट अरु देशले विस्तृत रुपमा विश्लेषण गरी र सिक्न सक्ने छन्।