बाँसमा कुँद्ने कला
2021-03-01 11:14:15cri
Share with:

बाँसमा कुँद्ने कला_fororder_1

५० वर्षीय लु ह्वायीङ चिनियाँ च च्याङ प्रान्तीय तुङ याङ शहरका बासिन्दा हुनुहुन्छ। बाल्यकालदेखि नै उहाँले कुँद्ने कला सिक्नुभएको थियो। उहाँ पछि क्वी चौ प्रान्तीय छ श्वी शहरमा बसाइ सर्नुभएको थियो। उहाँले तुङ याङ स्थानीय काठ तथा बाँसमा कुँद्ने प्रविधि र छ श्वीको बाँसमा कुँद्ने प्रविधि मिलाउनुभयो। बाँसमा नदीलाना-पहाडपर्वत, कीरा-माछा, फल, जनावर र मान्छे आदिका चित्रहरू कुँदेर बनाइएको विविध कलात्मक वस्तु ज्यादै लोकप्रिय छ।

बाँसमा कुँद्ने कला_fororder_2

सन् २०१९ मा छ श्वीको बाँसमा कुँद्ने कला क्वी चौ प्रान्तीय गैर-भौतिक सांस्कृतिक सम्पदामा सूचीकृत भएको छ। प्रविधि र कला हस्तान्तरणका लागि उहाँले निःशुल्क रूपमा प्रविधि सिकाउँदैआउनुभएको छ। जसले स्थानीय किसानको आम्दानी पनि बढाएको छ।

बाँसमा कुँद्ने कला_fororder_3