चीनका राष्ट्राध्यक्ष र ताजिकिस्तानका राष्ट्रपति बीच फोनवार्ता
2021-03-02 10:12:29CRI
Share with:

मार्च १ तारिख राति चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र ताजिकिस्तानका राष्ट्रपति एमोमाली राह्मोन बीच टेलिफोन वार्ता भएको छ।

सो अवसरमा राष्ट्राध्यक्ष सीले गत वर्षयता कोभिड-१९ महामारी र विश्वको शताब्दी परिवर्तनका सामु चीन र ताजिकिस्तान जनताले एकिकृत भएर समन्वय गरी विभिन्न क्षेत्रको सहयोगमा राम्रो उपलब्धि असिल गरेको बताउनुभयो। दुई पक्षले आपसी केन्द्रीय हित मुद्दामा समर्थन गरेर चौतर्फी रणनीतिक सम्झदारी सम्बन्धमा उच्चस्तरीर चासो देखाएको उहाँले उल्लेख गर्नुभयो।

चालु वर्ष चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको सयौं वार्षिकोत्सव हो। चीनले अझ अग्लो सुरूवातबाट सुधार तथा खुलापनलाई अगाडि बढाउनेछ जसले चीन र ताजिकिस्तानको चौतर्फी सहयोगलाई नयाँ अवसर दिने राष्ट्राध्यक्ष सीले बताउनुभएको छ। 

ताजिकिस्तानका राष्ट्रपति एमोमाली राह्मोनले राष्ट्राध्यक्ष सी र चिनियाँ जनतालाई नयाँ वर्ष र नयाँ बसन्त चाडको शुभकामना दिँदै गरिबी निवारणमा चीनले भव्य उपलब्धि हासिल गरेकामा बधाई दिनुभयो। ताजिकिस्तानले महामारीको प्रतिरोधमा चीनको महत्वपूर्ण योगदानलाई उच्च प्रशंसा गर्नुका साथै ताजिकिस्तानलाई दिएको सहयोगका लागि धन्यवाद ज्ञापन गरेको उहाँले उल्लेख गर्नुभयो।