चिनियाँ राष्ट्राध्यक्ष सी र पोल्याण्डका राष्ट्रपतिबीच टेलिफोन वार्ता
2021-03-02 09:42:12cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मार्च १ तारिख बेलुकी पोल्याण्डका राष्ट्रपति एन्ड्र्जेज डुडासँग टेलिफोन वार्ता गर्नुभएको छ।

चीन र पोल्याण्डबीचको सम्बन्धको विकासमा चीनले उच्च महत्व दिएको, कोरोना भाइरस महामारी भएपछि चीन र पोल्याण्डले महामारीको रोकथाम तथा नियन्त्रण, कार्य र उत्पादनको पुनःशुरुआदि क्षेत्रहरुमा राम्रो सहयोग गरेका कुरा राष्ट्राध्यक्ष सीले बताउनुभयो।

चीनले पोल्याण्डसँग महामारीको रोकथाम तथा उपचार क्षेत्रमा आदान-प्रदान गर्ने आशा लिएको र चीनले पोल्याण्डको मागबमोजिम पोल्याण्डलाई खोप उपलब्ध गराउने कुरामा उहाँले जोड दिनुभयो। 

राष्ट्राध्यक्ष सीले केही दिनअघि चीन-मध्य तथा पूर्वी यूरोपका नेताहरूको भिडियो शिखर सम्मेलन सफलताका साथ आयोजना भएको उल्लेख गर्दै चीनले पोल्याण्डसँग यस पटकको शिखर सम्मेलनलाई नयाँ आरम्भ बिन्दुको रुपमा राखेर चीन-मध्य तथा पूर्वी मुलुकहरूको सहयोग र दुई पक्षको सम्बन्धलाई अझै धेरै उपलब्धि हासिल गर्न अगाडि बढाउने बताउनुभयो।

डुडाले कोरोना भाइरस खोपलाई विश्वको सार्वजनिक उत्पादित-वस्तुको रुपमा राख्ने र मध्य तथा पूर्वी यूरोपी मुलुकसँग खोपको सहयोग गर्ने कुरामा चीन अडिग लागिरहने सम्बन्धमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा गरिएको प्रतिबद्धताको पोल्याण्डले प्रशंसा गरेको बताउनुभयो।